Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्स्योरेन्सको हकप्रद सेयर बजारमा आउँदै

आइतबार, १७ बैशाख २०७४, ११ : ३९ मा प्रकाशित

सिद्धार्थ इन्स्योरेन्सको हकप्रद सेयर बजारमा आउँदै

अर्थ संसार 
काठमडौं– सिद्धार्थ इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । यही बैशाख २८ गतेबाट कम्पनीले १९ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।

आफ्ना लगानीकर्तालाई ५ दशमलव दुई बराबर १ कित्ता (५.२ः १) अनुपातको हकप्रद विवरण गर्न लागेको हो ।  बैशाख १४ गते सम्ममा सेयर  सुरक्षित गरेका लगानीकर्ताहरुले मात्र हकप्रद सेयर भर्न पाउनेछन् । 


कम्पनीले चुक्ता पूँजी ४४ करोड ८३ लाख २३ हजार रुपैयाँको १९.२३ प्रतिशतले हुन आउने एक सय रुपैयाँ अंकित दरको ८ लाख ६२ हजार १ सय २५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

लक्ष्मी क्यापिटल मार्केट
कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्ति गरिसकेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको