Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबललाई हकप्रद जारी नगरी ग्लोबलसँग एक्विजिसनमा नजान निर्देशन

मंगलबार, ०२ कार्तिक २०७३, १३ : ०२ मा प्रकाशित

रिलायबललाई हकप्रद जारी नगरी ग्लोबलसँग एक्विजिसनमा नजान निर्देशन

अर्थ संसार
काठमाडौं–नेपाल धितोपत्र बोर्डले रिलायवल डेभलपमेण्ट बैंकलाई हकप्रद सेयर वितरण नगरी एक्विजिसन (प्राप्ति गर्ने) मा नजान निर्देशन दिएको छ । रिलायवल डेभलपमेण्ट बैंकलाई ग्लोवल आइएमई बैंकले किन्ने सम्झौता गरेको थियो । यसअघि बैंकको गत आषाढ १७ गते सम्पन्न दशौ बार्षिक साधारण सभाले सेयरधनीहरुलाई १ वरावर १ को अनुपातमा हकप्रद सेयर दिने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन नगर्दै बैंकले एक्विजिसनमा जाने निर्णय गरेको थियो । 

बोर्डले यसरीे प्राप्ती गर्ने निर्णय गर्नु अगावै उक्त संस्थाको साधारण सभावाट हकप्रद शेयर जारी गर्ने निर्णय गरिएको परिप्रेक्ष्यमा हकप्रद शेयर जारी गर्ने निर्णय मूल्य संवेदनशिल सूचनासमेत भएकोले त्यसको कार्यान्वयन नगर्दा लगानीकर्ताहरुको हितमा प्रतिकुल असर पर्न सक्ने देखिएकोले  सेयरधनीलाई १ वरावर १ को अनुपातका दरले हकप्रद सेयर जारी गर्ने निर्णय कार्यान्वयन गरेर मात्र प्राप्ती गर्ने कार्य गर्न गराउन रिलायवल डेभलपमेण्ट बैंकलाई निर्देशन दिईएको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको