Like us!
Follow us!
Connect us!
Watch us!

विभोर सोसाइटीले आफ्ना शाखाबाट बुम रेमिटको भुक्तानी दिने

मंगलबार, ०२ कार्तिक २०७३, १३ : २४ मा प्रकाशित

विभोर सोसाइटीले आफ्ना शाखाबाट बुम रेमिटको भुक्तानी दिने


अर्थ संसार
काठमाडौं–भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र बुम रेमिट्यान्सबिच बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम भिबोर सोसाइटीका शाखाहरुबाट भुक्तानी गर्ने सम्झौता भएको छ । बैंकका ४२ वटा शाखा तथा १ एक्सटेन्सन काउण्टरमार्फत उक्त बिप्रेषण भुक्तानी गरिने छ । सम्झौतापत्रमा भिवोर सोसाइटीका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल र बुम रेमिट्यान्सका प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरे । 

बुम रेमिट्यान्सले खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ । उसले चाँडै मलेसिया, कोरिया, जापान, क्यानडा,अस्ट्रेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ । प्रबन्ध निर्देशक पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहकार्य गरी नेपाली कामदारहरूको विदेशबाटै खाता खोल्ने प्रवन्ध मिलाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको