Like us!
Follow us!
Connect us!
Watch us!

अपिपावरको संचित मुनाफा करिव  ६ करोड

शुक्रबार, २२ बैशाख २०७४, १३ : ३६ मा प्रकाशित

अपिपावरको संचित मुनाफा करिव  ६ करोड

अर्थ संसार, 
काठमाडौं- अपिपावर लिमिटेडले चालु आर्थिक वर्षको नौ महिनामारु चार करोड ४४ लाख खुद मुनाफा गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आवको तेस्रो चौमासिकको आर्थिक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो ।

कम्पनीको नाफा बढेर रु पाँच करोड ९० लाखपुगेको छ । उक्त कोषमा गत आवको सोही अवधिमा रु रु चार करोड ९१ लाख रहेको थियो ।

यस्तै कम्पनीले विद्युत् विक्रीबाट रु १२ करोड १५ लाखमा बृद्धि भएको छ । गतआवको सोही अवधिमा विद्युत् बिक्रीबाट रु आठ करोड ७५ लाखमात्रै वृद्धि गरेको थियो । कम्पनीको पिइ रेसियो पनि १०५.६२ बाट बढेर १०८.९ नेट वर्थमा रहेको छ ।

अपिपावर कम्पनीले ८.५ मेगावाट क्षमताको नौगाड साना जलविद्युत् आयोजना यस अघि नै निर्माण सम्पन्न गरिसकेको छ ।  

सो आयोजना हाल सञ्चालनमा रहेको छ । सोही नदीमा नै कम्पनीले अर्को आठ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

सो आयोजना आगामी चैत(२०७४) मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस्तै कम्पनीले मुलुकका विभिन्न स्थानमा १९.५ मेगावाट क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गर्ने कार्य समेत अगाडि बढाएको छ ।

यस्तै कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माण गर्ने घोषणा गरिसकेको छ । कम्पनीले सबै आयोजनाबाट आफ्ना सेयर सदस्यलाई धेरै भन्दा धेरै प्रतिफलदिने प्रतिवद्धता जनाएको छ ।

कम्पनीले १ः२ को अनुपातमा हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ । त्यसबाट कम्पनीको खुदपूँजी रु एक अर्ब ५ करोडबाट बढेर रु दुईअर्ब १० करोड पुग्नेछ ।

त्यसमध्ये रु एक अर्ब १० करोड सौय ऊर्जा प्रणालीमा लगानीगर्ने कम्पनीले लक्ष्य राखेको छ भने बाँकी रहेको रु एक अर्ब ७५ मेगावाट क्षमताको त्रिशुली गल्छी जलविद्युत् आयोजनामा लगानी गर्नेछ ।

सिद्धकाली पार कम्पनी लिमिटेडले विकास गर्न लागेको सो आयोजना धादिङ र नुवाकोट जिल्लामा अवस्थित रहेको छ । 

यस्तै कम्पनीले अरुण काबेली जलविद्युत् आयोजनामा समेत रु पाँच करोड लगानी गरेको आजजारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको