Like us!
Follow us!
Connect us!
Watch us!

कागेश्वरी मनहरा नगरपालिकामा एमालेका थापाको पल्ला भारी

शनिबार, २३ बैशाख २०७४, १७ : ३७ मा प्रकाशित

कागेश्वरी मनहरा नगरपालिकामा एमालेका थापाको पल्ला भारी

दिनिता लामिछाने
काठमाडौं–राजधानीमै पर्ने अर्को नगरपालिका कागेश्वरी मनोहरा नगरपालिकाको नेतृत्व हत्याउन ठूला पार्टीहरुका उम्मेदवार मतदाताको मन जित्ने अभियानमा लागेका छन् । 

यस नगरको मेयरमा मुख्यतः एमालेका कृष्णहरि थापा। कांग्रेसका उपेन्द्र कार्कीबीच प्रतिस्पर्धा हुने देखिएको छ । माओवादी केन्द्रका महेश्वर फुयाल पनि मतदातालाई आकर्षित गर्न अभियान संचालन गरिरहेका छन् ।

शालीनदी, शंखरापुर नगर र कागेश्वरीदेखि विश्वसम्पदा सूचीको पशुपतिनाथ मन्दिरसम्म यस नगरेको सीमा जोडिएको छ । अधिकांश उम्मेदवारले सांस्कृतिक सम्पदाको संरक्षण, सम्बर्धन, विकास निर्माणलगायतलाई चुनावी नारा बनाएका छन् । 

यस नगरमा एमालेका उम्मेदवार थापा निकै लोकप्रिय छन् । धेरै मतदाता भएको तत्कालीन गोठाटार गाविसको नेतृत्व गरिसकेका थापा यहाँ धेरेले रुचाइएका उम्मेदवार हुन् । यस क्षेत्रमा एमालेको पकड बलियो रहेकाले थापाले मेयरको बाजी मार्ने सबैको आँकलन छ । 

थापाले कागेश्वरी–मनोहराको ऐतिहासिक र सांस्कृतिक पक्षलाई संवद्र्धन गर्दै समृद्ध नगर बनाउने योजना ल्याएका छन् । एमालेले कागेश्वरीको विकासमा गर्दै आएको अगुवाइले आफ्नो जित सुनिश्चित भएको उनको दावी छ । ‘विजयी बनेर समृद्ध नगर बनाउने योजना साकार पार्नेछु,’ उनले भने ।

कागेश्वरी मनहराको २७ हजार ५ सय ४ जना मतदाता छन् । यस नगरमा १२ हजार मत ल्याउने उम्मेदवारले चुनाव जित्ने आँकलन गरिएको छ । एमालेका उम्मेदवार थापाले २०५४ सालको स्थानीय निर्वाचनमा गोठाटारको गाविस अध्यक्ष निर्वाचित भएका थिए । 

जननेता मदन भण्डारीदेखि मुलुकको पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको बिरासतसँग जोडिएकाले नगरपालिका हो । एमालेको सही दृष्टिकोण र विकास तथा समृद्धिको सुस्पष्ट योजनाका कारण कागेश्वरी–मनोहराका जनताले एमालेलाई विजयी बनाउनेमा थापा विश्वस्त देखिन्छन् ।

गागलफेदी, भद्रवास, आलापोट, डाँछी, मूलपानी, गोठाटारलगायतका ६ वटा गाविस मिलाएर बनेको कागेश्वरी मनहरा नगरपालिकामा नौ वटा वडा छन् । यस नगरमा एमालेले सन्तुलित विकासको नीति अघि सारेको छ ।

भूकम्पको जोखिमरहित भवन निर्माण, सरकारी जग्गाको समुचित व्यवस्थापन र उपयोग, सडक, पूर्वाधार विकास, ढल निकास र खानेपानी व्यवस्थापन, भ्रष्टाचारमुक्त सुशासन, सामुदायिक क्याम्पस र सरकारी विद्यालयहरूको स्तरोन्नति र गुणस्तर अभिवृद्धि, ऐतिहासिक सम्पदा र संस्कृतिको संरक्षण तथा संवर्धन, स्वास्थ्य, सुरक्षालगायतका विषयलाई एमाले उम्मेदवार थापाले आफ्नो चुनावी प्रतिबद्धता बनाएका छन् । 
उनले एक वडा एक पार्कको स्थापना, वृद्ध, अपांग, एकल महिलाहरूलाई घरमै सामाजिक सुरक्षा भत्ता वितरण, पशुपतिनाथदेखि कागेश्वरी महादेव मन्दिरसम्म परिपथ निर्माण, स्थानीय सडक र ढल निर्माणमा जनतासँग साझेदारी, कागेश्वरी चक्रपथ मार्गको स्तरोन्नति, नगर बस सञ्चालन, प्रत्येक वडामा नगर स्वास्थ्य क्लिनिक, प्राथमिक स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति गर्दै ५० शैयासम्मको अस्पताल सञ्चालन गर्ने थापाले घोषणा गरेका छन् । त्यस्तै, सूचना प्रविधिमा आधारित सेवा प्रणाली, एकीकृत जग्गा विकासको व्यवस्थित योजना उनको चुनावी एजेन्डा छन् । 

पार्टी केन्द्रीय सहकारी विभागका सदस्य, एमाले जिल्ला कमिटी काठमाडौंका सदस्य रहेका थापा कुशल संगठक हुन् । लायन्स क्लब इन्टरनेसनल काठमाडौं डिस्ट्रिक्टका सदस्यसमेत रहेका उनले अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातक अध्ययन सकेका छन् । थापाको जित सुनिश्चित रहेको उनको प्रचार प्रसारमा संलग्न ताराप्रसाद गुरागाइले दावी गरे ।
एमालेले यस नगरमा उपमेयरमा बिन्दु सिम्खडालाई उम्मेदवार बनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको