Like us!
Follow us!
Connect us!
Watch us!

अज्ञात समूहको निशानामा ठूला दल

आइतबार, २४ बैशाख २०७४, ०९ : ०० मा प्रकाशित

अज्ञात समूहको निशानामा ठूला दल

अर्थ संसार 
काठमाडौंको स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा अज्ञात समूहद्धारा अपहरण, तोडफोटका घटना पनि बढ्दै गएको छ । ठूलो पार्टीको चुनाव प्रचारप्रसारका लागि प्रयोग गरिएका सवारीसाधनहरु तोडफोड हुने क्रम बढ्दो छ ।

अज्ञात समूहद्धारा तोडफोड हुने क्रममा  चितवन खैरहनी नगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले गएराति पेट्रोल बम प्रहार गरेको छ । 

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार खैरहनी नगरपालिका–९ बछौलीस्थित चौधरीको घरमा बा८च १५६२ नंको स्कारपियो गाडीमा बम प्रहार भएको हो । 

बम बिस्फोट हुन नपाएकाले ठूलो क्षति हुनबाट जोगिएको उहाँले बताउनुभयो । गाडीको अगाडिको सिसा चर्किएको छ । रातको समयमा अपरिचित व्यक्तिबाट बम प्रहार भएको उहाँले बताउनुभयो । बम प्रहार गरी फरार भएकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

यसअघि शनिबार बिहान भरतपुर महानगरपालिका–१० स्याउलीबजारमा माओवादी केन्द्रकी प्रमुख पदकी उम्मेदवार रेणु दाहाल हाल बसोबास रहेको घर नजिकै एउटा गाडीमा तोडफोड भएको थियो । चुनाव विरोधी गतिविधिमा लागेको भन्दै प्रहरीले हालसम्म १४ जनालाई पक्राउ गरी कारबाही गरेको जनाएको छ । त्यसै गरी  नेपाली काँग्रेसले चुनाव प्रचारका लागि प्रयोग गरेका दुईवटा गाडी गएराति अज्ञात समूहले जलाइदिएका छन् । 

धुनीबेँसी नगरपालिका–५ मा रोकेर राखेको अवस्थामा ती गाडी जलाइएको हो । बा१२च १२७६ नंको बोलेरो जिप र बा३च १७०३ नं को जिप्सी गाडी अज्ञात समूहले जलाइदिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । 

जलाउनेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको