Like us!
Follow us!
Connect us!
Watch us!

भोट कसलाई, किन हाल्ने ?

आइतबार, २४ बैशाख २०७४, १० : ५० मा प्रकाशित

भोट कसलाई, किन हाल्ने ?

राजनीति के हो ? हिजो अर्थमा यो समाज सेवा थीयो। आजको अर्थमा यो जागीर भो। यस्तो जागीर मैले खाएको भन्दा धेरै अब्बल। भंसार तथा मालपोतमा भन्दा धेरै कमाई हुने।थुप्रै आर्थीक कमाईको खेलो हुने।

जागीरमा त बरू १०–५, ६–२ काम हुन्छ रूटीनमा। राजनीतिमा त त्यो पनि आवश्यक छैन।तसर्थ राजनीतिको पाराडायम सिफ्ट भाको छ आजको समाजमा। दर्शनको पक्षपोषण, न्यायको वकालत, अन्यायको बिरूद्दमा लडाई अबको राजनीति होईन ईतिहास हो। 

तरपनि किनहो जनता बिकासको लागि राजनीतिकै आश गर्छन्। यिनीहरूले केहि गर्दैनन् भन्दा–भन्दैपनि त्यसैमाथि अपेक्षा राख्छन्। यो स्वतस्फुर्त त पक्कै होईनहोला। बरू विकल्प बिहिनको अवस्था भने होकि। संसारमा राजनीतिको विकल्प केहि भएन।

बरू यो निर्विकल्प विकल्प भयो जुनसुकै देशको लागि पनि। हाम्रो देशमा पनि राजनीति छ यस्तै-यस्तै। यसो भनौंन कमाउनीति। आफूमात्र बननीति। अरूलाई नबनाऊनीति।  यस्तै नीतिभित्र पनि राम्रो र नराम्रो भने हुनेरहेछ। २० सौ बर्ष चुनाव नभएर यो झन–झन नराम्रोनीति भईरहेको अबस्था रहेछ।अब भने ३१ गते चुनाब हुने पक्का जस्तो छ। 

 यो चुनावको कसरी सदुपयोग गर्ने होला ? भोट कस्लाई दिने होला रु यी प्रश्नको उत्तर एउटै पक्कै छैन। तर हामिलाई थाहॉ हुनसक्छ यस्ले जिते केहि राम्रो होला। यदि थाहॉ नभए बुझ्ने कोशीश गर्नु पर्दछ।तपाईलाई लाग्ला यीनीहरूलाई भोटै नदिऊ।यसो गर्दापनि तपाईले पाएको अधिकारको सदुपयोग भएन।

तसर्थ भोट दिनुपर्छ। हामीले हाम्रा मान्छे बदल्न सक्दैनौं। वरू ऊनिहरूलाई सबक सिकाऔं। परिवर्तनको लागि लतारौं र हाम्रो पक्षमा काम गर्ने बनाऔं। तर भोटहाल्न जाऔं। यति धेरै सहभागिता देखाऔंकि ऊनिहरूलाई केहि लाज होस्। हाम्रो प्रजातन्त्र प्रतिको आस्था र विश्वाशले केहि ग्लानिहोस्।

सचेत निर्णयकोलागि बरू ईन्टेलिजेन्स बढाऔं। तपाईले छानेकै उमेदवारले चुनाव जित्ने पक्का छ यसमा द्विविधा छैन। भोट हालौं।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको