Like us!
Follow us!
Connect us!
Watch us!
अघि बढ्यो त्रिशुली गल्छी आयोजना

सिद्धकाली पावरले ठेकेदारसँग माग्यो आशयपत्र

आइतबार, २४ बैशाख २०७४, १५ : ४५ मा प्रकाशित

सिद्धकाली पावरले ठेकेदारसँग माग्यो आशयपत्र


अर्थ संसार 
काठमाडौ– सिद्धकाली पावर लिमिटेडले धादिङ र नुवाकोट जिल्लामा आयोजना स्थल रहेको त्रिशुली गल्छी जलविद्युत् आयोजनामा काम गर्न चाहने निर्माण व्यावसायी तथा ठेबेदारलाई आशयपत्र पेस गर्न आग्रह गरेको छ ।

कम्पनीले एक सूचना मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ठेकेदारहरुलाई आशयपत्र पेश गर्न आग्रह गरेको हो । कुल ७५ मेगावाट क्षमताको सो आयोजना धादिङ र नुवाकोट जिल्लामा अवस्थित आयोजना हो । नदी प्रवाहमा आधारित आयोजनाको आयोजना स्थल पुग्न कालोपत्रे गरिएको सडकमार्ग उपलब्ध रहेको छ । पृथीराजमार्गको गल्छी सडक खण्डबाट त्रिशुली जाने बाटोमा आयोजना अवस्थित रहेको छ ।

कुल आठ किलोमिटर लामो सुरुङ र ८.३ गोलाई भएको सुरुङ मार्गबाट त्रिशुली नदीको पानी धादिङको मासटार नजिक खसाली ७५ मेगावाट विद्युत् उत्पादन गरिनेछ । उत्पादित विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणको मस्र्याङदी सवस्टेशनमा जोडिनेछ ।

कम्पनीले निर्माण प्रक्रिया सुरु गर्नका लागि आयशपत्र सार्वजनिक गरेको हो । आशयपत्र दर्ता गर्नेले भौतिक पर्वाधार, हेडरेस टनेल, सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल, प्रसारण लाइन निर्माणको काम गर्नुपर्नेछ ।  

आशयपत्र ठेकेदार कम्पनी, आयात तथा निर्यातकर्ताले आफूले कुन काम गर्न चाहेको हो, सो खुलाई रु २५ हजार बुझाएको रसिद एवम् भौचरसहित सूचना प्रकाशित भएको तीस दिन भित्र फारम लिन सक्नेछन् ।

भौतिक पूर्वाधार, सिभिल कार्य, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानीकल, र प्रसारण लाइन निर्माणको छुट्टा छुट्टै प्याकेजमा काम गर्नुपर्नेछ । तोकिएको काममा मात्रै आवेदन दिनुपर्ने छ भने कम्पनीको प्रोफाइल, पूर्व समझदारी पत्र वा जेभी केमा गर्ने हो त्यो पनि उल्लेख गरिएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

यस्तै नेपाल सरकारलाई तिर्नुपर्ने सबै प्रकारको कर तथा दायित्व चुक्ता गरेको र आफ्नो काममा पूर्ण योग्य रहेको प्रमाण खुल्ने कागजात समेत पेश गर्न सिद्धकाली पावरले सूचनामा आग्रह गरेको छ ।

590ef4c1868a4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको