Like us!
Follow us!
Connect us!
Watch us!

वडघर बने स्थानिय तहको निर्वाचनमा उम्मेदवार

मंगलबार, २६ बैशाख २०७४, १२ : २४ मा प्रकाशित

वडघर बने स्थानिय तहको निर्वाचनमा उम्मेदवार

अर्थ संसार 
 कञ्चनपुर– चौथो पटक बडघरका रुपमा छानिनु भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका ३ का नरेन्द्र चौधरी स्थानिय तहको निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार भएका छन ।

जनप्रतिनिधि नहुदाँका बेला वडघर भएर गाँउको बाटो निर्माण, न्यायनिसाफ, सांस्कृतिक कार्य, विवाह, जग्गाको साँध सिमानाको विवाद मिलाउने कार्यमा अग्रणि भूमिका निर्वाह गर्दै आउनु भएका चौधरी नेकपा (माओवादी)  केन्द्रका तर्फ बाट उम्मेदवार बन्नु भएको हो ।

झण्डै डेढ दशक देखि स्थानिय तहको चुनाव नहुदा स्थानिय निकाय जनप्रतिनिधि विहिन बन्न पुगेका बेला समुदायले चाहेको योजना बन्न नसक्दा विकास निर्माणका कार्यमा जनसहभागिता जुटाई उहाँले कार्य गर्नु भएको छ ।

जनप्रतिनिधि नहुदाको यस्तो अबस्थामा तराई क्षेत्रका थारु गाँउहरुमा भने विकास निर्र्माणका योजना वनाउन , जनसहभागीता जुटाउन गाँउको न्याय निसाफ छिन्ने कार्य गर्न र जग्गाको साध सिमानाको विवाद मिलाउने कार्य वडघरले गर्दै आएका छन ।

यी सबै कार्य थारु समुदायले चुन्ने प्रनिनिधि वडघरीयाले गाँउका बासिन्दालाई भेला गराएर सहज ढंगले सम्पन्न गर्दै आएका छन । बडघरीया भनेको थारु समुदायको नेतृत्व कर्ता हो । थारु समाजमा बडघरीया लाई उच्च सम्मानका साथ हेरिन्छ ।

थारु समुदायले चुनेको बडघरीयाले सिंगो थारु गाँउको नेतृत्व वहन गरेको हुन्छ । बडघरीयाले गाँउको प्रशासनिक, न्यायिक, विकास निर्माण, योजना तर्जुमा र परम्परागत कला संस्कृतिको जर्गेनाको कार्य सम्पादन गर्दै आएका छन ।

जनप्रतिनिधिले समेत बडघरीयाको सल्लाहमै गाँउको विकासका लागि विगतमा योजना निर्माण गर्ने, कार्यान्वयनको कार्य गर्दै आएका थिए । वडा अध्यक्षमा निर्वाचित भए गाँउको विकासका लागि थप उर्जा प्राप्त हुने भएकाले उम्मेदवारी दिईएको चौधरीले बताउनु भयो ।

“जनसहभागीता जुटाउन र गाँउलेहरु भेला गर्न समेत बडघरीया लाई गुहार्नु पर्ने पुरानै चलन भएकाले कार्य गर्न कुनै कठिनाई छैन” उहाँले भन्नु भयो ।

थारु बाहुल्यता रहेको वडा भएकाले थारुको सामाजिक, आर्थिक र सांस्कृतिक रुपमा विकास गर्ने कार्यमा चौधरीको योगदान रहेकाले उहाँले सबैले रुचाएर उम्मेदवारका रुपमा अघि सारेको जितेन्द्र चौधरीले बताउनु भयो ।

“थारु समुदायको भाषा, संस्कृति, रहन सहन, आफनै प्रकारको विशिष्ठता बोकेको हुनाले यसको संरक्षण संम्बद्र्धनका लागि अगुवाई गर्ने व्यक्ति बडघरीया भएकाले उहाँनै सबैको रोजाईमा छन” टिकुराम चौधरीले भन्नु भयो ।

“बजेटको मुख नताकेर जनश्रमदान जुटाएर चार बर्ष देखि गाँउको सेवामा कार्यरत भएकाले जनताको चाहना अनुरुप अगाडी बढने सोच राखेको छु” उम्मेदवार चौधरीले भन्नु भयो ।

एक हजार दुई सय बढी मतदाता रहेको वडामा अधिकांसको रोजाईमा चौधरी साझा उम्मेदवारका रुपमा रहेको थरुहट तराई पार्टीका जिल्ला अध्यक्ष लक्ष्मण चौधरीको भनाई रहेको छ
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको