Like us!
Follow us!
Connect us!
Watch us!

एमाले शीर्ष नेताहरुले मोडलिङ गरेको चुनावी गीत भाइरल

मंगलबार, २६ बैशाख २०७४, १३ : ४७ मा प्रकाशित

दिनिता लामिछाने
काठमाडौं– स्थानीय चुनावको चटारोमा रहेका एमालेका शीर्ष नेताहरुले चुनावी गीतमा मोडलिङ गरेका छन् ।  

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल, झलनाथ खनाललगायतले मोडलिङ गरेको गीत सामाजिक संजालमा भाइरल बन्दै गएको छ । गीतमा एटम बिद्रोही र टीका प्रसाईंले स्वर दिएका छन् । 

डम्बर ढकालको लेखन रहेको गतीको बोल ‘गाउँ सहर टोलटोलमा हल्ला छ, एमालेलाई जिताउने सल्लाह छ, उठौं जागौं लागौं न साथी हो एमाले नै जनताको पार्टी हो’ रहेको छ ।

यस गीतमा प्रचार विभाग प्रमुख योगेश भट्टराई, ध्रुब घिमिरे, उमा घिमिरेलगायतले नेताहरुसँगै गीतमा मोडलिङ गरेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको