Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा पुगेर गगनले गरे नयाँ घोषणा

बुधबार, २७ बैशाख २०७४, १५ : ०५ मा प्रकाशित

पोखरा पुगेर गगनले गरे नयाँ घोषणा

अर्थ संसार 

पोखरा– नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्वास्थ्यमन्त्री गगन थापाले संविधान कार्यान्वयन गरी देशलाई निकास दिने जिम्मेवारी काँग्रेसको काँधमा आएको बताउनुभएको छ । 

नेपाली काँग्रेस कास्कीद्वारा पोखरा चिप्लेढुङ्गास्थित बिपी चोकमा आज आयोजित कोणसभालाई सम्बोधन गर्दै मन्त्री थापाले निष्पक्ष र भयरहित वातावरणमा स्थानीय तहको दुई चरणकै निर्वाचन सम्पन्न गरी काँग्रेसले आफ््नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । 

अरु दलले घुर्की लगाउँदै जिम्मेवारीबाट पन्छिन मिल्छ तर काँग्रेसले कोसँग घुर्की लगाउने भन्दै मन्त्री थापाले अहिलेको निर्वाचन राम्रो काम गर्ने दललाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्ने नेपाली जनताको एक महान अवसर भएको धारणा राख्नुभयो । 

मन्त्री थापाले स्थानीय सरकार बलियो बनाएर विदेशिएका लाखौँ युवायुवतीलाई स्वदेशमै रोजगारीका अवसरमा सिर्जन गर्ने गरी काँग्रेसले विशेष कार्यक्रम ल्याउने उल्लेख गर्नुभयो । 

पार्टीका केन्द्रीय नेता एवम् निर्वाचन परिचालन समितिका संयोजक डा शेखर कोइरालाले काँग्रेसले स्थानीय तहलाई भ्रष्टाचारमुक्त, सुशासन, जवाफदेहिता र पारदर्शी बनाउन चाहेको बताउनुभयो । 

उहाँले काँग्रेसबाट विजय प्राप्त गर्ने जनप्रतिनिधिले पाँच वर्षसम्म ती निकायलाई समृद्ध बनाउन सधँै खबरदारी गर्ने दृढता व्यक्त गर्नुभयो । 

नेपाली काँग्रेस कास्कीका अध्यक्ष कृष्ण केसीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष कोपिला रानाभाट र नेपाली काँग्रेसका तर्पmबाट पोखरा लेखनाथ महानगरपालिका प्रमुख पदका उम्मेदवार रामजी कुँवरले पोखराको समृद्धिमा सबैको ध्यानाकर्षण गराउनुभयो । 

यसअघि पोखराको चिप्लेढुङ्गाबाट निस्केको एक ¥याली महेन्द्रपुल, पृथ्वीचोक, सिर्जनाचोक हुँदै पुन चिप्लेढुङ्गामा पुगेर कोणसभामा परिणत भएको थियो । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको