Like us!
Follow us!
Connect us!
Watch us!
मतदाता भन्छन् –‘गाउँपालिका विकासको लागि  अधिकारी योग्य ’

ज्वालामुखी गाउँपालिकामा रामप्रसाद अधिकारीको चर्चा

बुधबार, २७ बैशाख २०७४, १८ : २८ मा प्रकाशित

ज्वालामुखी गाउँपालिकामा रामप्रसाद अधिकारीको चर्चा

केशव रोक्का ,

काठमाडौं– वैशाख ३१ गतेको स्थानीय चुनाव नजिक नजिकिदै गर्दा धादिङको ज्वालामुखी गाउँपालिकाका  राजनीतिक दलहरु यतिखेर आक्रामकरुपमा  चुनाव प्रचारमा उत्रिएका छन् । चुनावी मैदानमा उत्रिएकामध्ये सबैभन्दा पाको योग्य र योजनाकारका रुपमा स्थानीयले चिन्ने गरेका अध्यक्षका प्रत्यासी हुन् रामप्रसाद अधिकारी ।

ज्वालामुखी गाउँपालिकाको विकासका लागि रामप्रसाद अधिकारी आवश्यक आम ज्वालामुखीवासीलाई यतिबेला महशुस भएको छ । समाजमा राम्रो राजनीतिक प्रभाव छाड्न सफल रामप्रसाद अधिकारीले आफूलाई ज्वालामुखीको अध्यक्षमा बहुमतले विजय गराउनँ आम ज्वालामुखीवासीलाई अनुरोध गर्नुभएको छ ।

 अधिकारीले आफू गाउँपालिकाको अध्यक्षमा विजय भए वृद्धावृद्ध र कर्मचारीको तलव बृद्धि, सडक विस्तार र कालोपत्रे, पर्यटन विकास र पूर्वाधार निर्माणमा जोड, वेरोजगारीलाई रोजगारीको अवसर, सवैमा शिक्षाको पहुँच आदि प्रद्धिवद्धता व्यक्त गर्नुभएको छ ।

सुर्यमा भोट हाली ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा रामप्रसाद अधिकारीलाई विजाय गराउँन आम जनतालाई ज्वालामुखी गाउँपालिका एमाले अनुरोध गरेको छ । 

को हुन रामप्रसाद अधिकारी ?

विस वर्षसम्म धादिङ जिल्लाको मैदी गाविस स्थित श्री शमी भञ्ज्याङ्ग उच्च माद्यामिक विद्यालयको अंग्रेजी शिक्षक तथा प्रधानाध्यापक रही २०५१ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको सचिवको जिम्मेवारी सम्हाल्नु भएका व्यक्तित्व हुनुहुन्छ ।

२०५३ सालको स्थानीय निकायको निर्वाचनमा जनताको चाहना र आफ्नो विकास प्रतिको लगावले गर्दा प्रधान अध्यापक पदबाट राजीनामा दिएर गाउँको सेवा र विकासमा लाग्न होमिनु भएका व्यक्तिको नाम हो रामप्रसाद अधिकारी ।

२०५३ को गाविस चुनावमा अत्यन्त भारी मतले अध्यक्षमा निर्वाचित हुनुभएको र चुनाव धाँधली भएको आरोपमा चुनाव दोहोर्याएको र पुनः विजयी हुनुभएकोले उहाँको व्यक्तित्व बढेको थियो ।
गाविस अध्यक्षको भूमिका निभाइरहदाँ उहाँ गाविस राष्ट्रिय महासंघको केन्द्रीय सदस्यमा पनि चुनिनु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षको भूमिका निभाउँदै श्री शमी भञ्ज्याङ विद्यालयलाई उच्च माद्यामिक विद्यालय (२), क्याम्पस संचालनका लागि पहल र कार्यान्वयन पनि गर्दै हाल बुढीगण्डकी क्याम्पसको व्यवस्थापन समितिको पनि अध्यक्ष हुनुहुन्छ उहाँ ।

२०५१ सालमा स्थानीय तहको विघटन, गृहयुद्ध आदिका कारण गाउँमा शान्ति सुरक्षाको कमजोर परिस्थितिले काठमाडौं बसाई गर्नुपर्दा उहाँले आफ्नो समयलाई पढाई र लेखनमा लगाउनुभयो ।

त्यतिबेला उहाँ त्रिभुवन विश्वविद्यालयमा ग्रामिण विकास (Rural Developm) विषयमा मास्टर्स गर्नका लागि भर्ना हुनुभयो र घरमा बसेको समयलाई सदुपयोग गर्न श्री शमिभञ्ज्याङ विद्यालयको प्राथमिक स्तरको पाठ्यक्रम निर्माणमा लगाउनुभयो ।

जुन पाठ्यक्रम अति नै व्यवहारिक जीवनोपयोगी रहेको भनेर पुरस्कृत पनि हुनुभयो ।पुन गृहयुद्ध मत्थर भएपछि गाउँमा सेवा गर्ने अवसर शुरु भयो र पुनः सामुदायिक विद्युतीकरणको विराट योजनामा लागि पर्नुभयो ।

विभिन्न व्यवधान, वाधा, अड्चन र चुनौतिहरुलाई पूरा गर्दै त्यो योजनामा उहाँ सफल हुनुभयो । वर्तमानमा उहाँ सामुदायिक विद्युत राष्ट्रिय महासंघको केन्द्रीय सदस्य र मैदी ग्रामणि विद्युतीकरणको अध्यक्ष पनि हुनुहुन्छ ।

हाल संरक्षित ज्वालामुखी गाउँ पालिकाको अध्यक्षको उम्मेद्वार उहाँले दिनुभएको छ । तपाई, हामी तमाम, बुद्धिजीवि, शिक्षाप्रेमी, समाजसेवी, न्यायप्रेमीहरुले उहा‘हरुलाई समर्थन र साथ दिनु मानवीय कर्तव्य हुन जानेछ । 

प्रचारप्रसारका गतिविधिहरु 

 

5913154407d0d.jpg 59131564989a0.jpg 5913156e2ee1d.jpg 59131581a762a.jpg 5913158a468fd.jpg 59131598ddc2c.jpg 591315a3a88c3.jpg 591315aaee626.jpg 591315b381ab8.jpg 591315b70b4e1.jpg 591315bea4767.jpg 591315c5c2b45.jpg 591315d04aaf0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको