Like us!
Follow us!
Connect us!
Watch us!

पञ्चकन्याले ल्यायो थप दुई प्रकारका एसएस ट्याङ्क

बुधबार, ०३ कार्तिक २०७३, १० : ३४ मा प्रकाशित

पञ्चकन्याले ल्यायो थप दुई प्रकारका एसएस ट्याङ्क


अर्थ संसार 
 काठमाडौं–पञ्चकन्याले भर्टिकल स्टेनलेश स्टील प्रविधिको प्रयोग गरी ३१६ ग्रेडका ट्याङ्क बजारमा ल्याएको छ । यस्ता ट्याङ्कहरु बढी खीया प्रतिरोधात्मक र मिरर फिनिस्ड् भएको हु“दा अन्य ट्याङ्कको दा“जोमा पानी छिटो तात्न नपाउने कम्पनीको दावी छ ।

‘लक गर्न मिल्ने बिर्को भएकोले कुनै किमिमको कीरा, फोहर आदि पस्न पाउँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘स्ट्याण्डसहित हुनाले ट्याङ्क रहेको स्थानसमेत सरसफाई गर्न सजिलो हुन्छ ।’

३१६ ग्रेडका ट्याङ्कहरु फार्मासुटिकल ल्याब, हस्पिटल, ब्रुअरी, डिष्टिलरी, डेरी, औद्योगिक प्रतिष्ठान, फुड एण्ड बेभरेज  उद्योग तथा घरायसी प्रयोजनका लागी अति उपयोगी हुने कम्पनीको दावी छ । यी ट्याङ्कीहरु १०००, १५००, २०००, ३०००, ४००० र ५००० लिटर क्षमतामा उपलब्ध छन् ।

साथै पञ्चकन्याले ३०४ ग्रेडका ट्याङ्कहरु होरिजेन्टल डिजाइनमा समेत उत्पादन सुरु गरेको जनाएको छ । यी दुवै थरी ट्याङ्कमा राम्रो रिसेल भ्यालु र कुनै म्यानुफ्याक्चरिङ्ग डिफेक्ट भएमा तुरुन्त साट्न सकिने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको