Like us!
Follow us!
Connect us!
Watch us!

डोल्पाको काइकेमा एमाले विजयी

सोमबार, ०१ जेठ २०७४, १६ : ४८ मा प्रकाशित

डोल्पाको काइकेमा एमाले विजयी

अर्थ संसार 

डोल्पा -काइके गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का अङ्गत राना ९२० मत ल्याएर विजयी हुनुभएको छ । 

उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हिरा रोकायाले ८० मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा राप्रपाका कुञ्जन बुढा ९१५ मत ल्याई विजयी हुनुभएको छ भने काँग्रेसका हिमाली रोकायाले ६३ मत प्राप्त गर्नुभएको छ । 

यस्तै ठूलीभेरी नगरपालिका– १ मा राप्रपाका बागबहादुर महतारा वडाध्यक्षमा विजयी हुनुभएको छ । ठूलीभेरी नगरपालिका– २ मा नेकपा ९एमाले०का देवी रोकाया वडाध्यक्षमा विजयी हुनुभएको छ । 

ठूलीभेरी नगरपालिकामा काँग्रेसको अग्रता 

ठूलीभेरी नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका सुवर्ण बुढाले २५० मत र नेकपा ९एमाले०का गणेश शाहीले १२६ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा राप्रपाका योगेन्द्रबहादुर शाहीले २४० मत तथा नेकपा ९माओवादी केन्द्र०का लक्ष्मी चन्द कार्कीले ८४ मत प्राप्त गर्नुभएको छ । 

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा मतगणना सुरु भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको