Like us!
Follow us!
Connect us!
Watch us!

मेलम्ची नगरपालिका– १ मा एमाले विजयी

सोमबार, ०१ जेठ २०७४, १७ : २४ मा प्रकाशित

मेलम्ची नगरपालिका– १ मा एमाले विजयी

अर्थ संसार 

मेलम्ची -मेलम्ची नगरपालिका– १ को वडाध्यक्षमा नेकपा (एमाले) का कृष्णप्रसाद चौलागाई ८४१ मत प्राप्त गरेर विजयी हुनुभएको छ । 

उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बद्री चौलागाईले ४३२ मत प्राप्त गर्नुभयो । सो वडामा एमालेको पुरै प्यानल विजयी भएको छ । 

यस्तै मेलम्ची नगरपालिकाको नगर प्रमुखमा नेकपा ९एमाले०का डम्मर अर्यालले ८०५, नेकपा ९माओवादी केन्द्र्र०का श्याम खड्काले ५१५, राप्रपाका फणिन्द्र दाहालले ३३९ र नेपाली काँग्रेसका आइतमान तामाङले ३०० मत प्राप्त गर्नुभएको छ । 

यस्तै नगर उपप्रमुखमा नेकपा ९एमाले०का भगवती नेपालले ८३१, नेकपा ९माओवादी केन्द्र०का मुनादेवी ढकालले ४२८, राप्रपाका कुमारी तामाङले ३६० र नेपाली काँग्रेसका सविता गुरुङले २६० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सुरेन्द्र थापाले जानकारी दिनुभयो । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको