Like us!
Follow us!
Connect us!
Watch us!

२४३ तहमा मतगणना जारी

सोमबार, ०१ जेठ २०७४, १७ : ३७ मा प्रकाशित

२४३ तहमा मतगणना जारी

काठमाडौँ- निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणअन्तर्गत कुल २८१ तहमा भएको निर्वाचनमध्ये २४३ तहमा मतगणना भइरहेको जनाएको छ । दुई स्थानीय तहमा भने निर्विरोध निर्वाचित भइसकेको छ । 

निर्वाचन आयोगका अनुसार प्रदेश नं. ३ का ११०, प्रदेश नं. ४ का ७९ र प्रदेश नं. ६ का ५४ तहमा मतगणना भइरहेको छ । बाँकी ३८ तहमा मतगणना कार्य सुरु गर्ने तयारी भइरहेको आयोगले जनाएको छ । 

त्यस्तै मौसमको प्रतिकूलता र भौगालिक जटिलताका कारण हुम्लाका छ तह र रुकुमको १ तहमा भने अझै पनि मतपेटिका सङ्कलन गर्न सकिएको छैन् । आइतबार प्रदेश नं. ३ का ११९, प्रदेश नं. ४ का ८४ र प्रदेश नं. ६ का ८८ तहमा पहिलो चरणको स्थानीय तहको निर्वाचन भएको थियो । 

थोरै मतदाता भएका स्थानीय तहमा भने निर्वाचन परिणामसमेत आउन सुरु भइसकेको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको