Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एक्चेन्जमा ९ कम्पनीको २ करोड ७४ लाख कित्ता सेयर सूचीकृत

मंगलबार, ०२ जेठ २०७४, १३ : ३९ मा प्रकाशित

नेपाल एक्चेन्जमा ९ कम्पनीको २ करोड ७४ लाख कित्ता सेयर सूचीकृत

अर्थ संसार, 

काठमाडौं – नेपाल स्टक एक्चेन्ज ( नेप्से) मा आज ९ वटा कम्पनीको सेयर सूचीकृत भएको छ । बोनस, हकप्रद र स्टान्डर्ड चार्टर्डको एफपीओसमेत गरी कुल २ करोड ७४ लाख ८४ हजार ६४०।८५ कित्ता सेयर सूचीकृत भएको हो ।

सूचीकृत भएका मध्ये सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको ८५ लाख २२ हजार १०३।२१ कित्ता बोनस सेयर रहेको छ ।

यसैगरी, सेती फाइनान्सको ८ लाख ३४ हजार ४००।१४ कित्ता हकप्रद सेयर पनि कारोबारका लागि सूचीकृत भएको छ ।

नमस्ते वित्तीय संस्था र मञ्जुश्री फाइनान्सले बोनस र हकप्रद सेयर सूचीकृत गराएका छन् । स्टान्डर्ड चार्टर्डले हालै फाँडफाँट गरेको २५ लाख ५८ हजार १४० कित्ता सेयर पनि कारोबारका लागि सूचीकृत भएको छ ।

सेयर सूचीकृत गराउने अन्य संस्थामा हिमालयन बैंक, जेबिल्स फाइनान्स, वेस्टर्न डेभलपमेन्ट बैंक र फेवा विकास बैंक परेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको