Like us!
Follow us!
Connect us!
Watch us!
स्थानीय तह निर्वाचन परिणामको संकेत के ?

ठूला दलको अवस्था सुधार, साना दलको भविस्य अन्धकार !

बुधबार, ०३ जेठ २०७४, १६ : २० मा प्रकाशित

ठूला दलको अवस्था सुधार, साना दलको भविस्य अन्धकार  !

अर्थ संसार,
काठमाडौँ - स्थानीय तह निर्वाचनको प्रारम्भिक मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो परिमाणले ठूला दलहरुको मत बढेको छ भने साना तथा संसदमा रहेका एक सिटे पार्टीको भविस्य भने अन्धकार तर्फ धकेलिएको छ । 

तीन ठूला दलको मतपरिणाम स्वाभाविक छ, जनाधार र पार्टीहरुको परिश्रमकै आधारमा नतिजा आइरहेको छ । अहिलेकै अवस्था कायम रहे कांग्रेस र एमालेले एक÷एक सय क्रस गर्ने देखिन्छ भने माओवादी केन्द्रले ५० क्रस गर्ने देखिन्छ ।

मत संख्याको सांगोपांगो विश्लेषण गर्न त बाँकी नै छ तर संख्याका हिसाबले हेर्दा दोस्रो संविधानसभा निर्वाचनभन्दा स्थानीय तहको निर्वाचनपछि प्रमुख तीन दलकै अवस्था सुधार भएको देख्न सकिनेछ ।

हाल संसदको प्रतिनिधित्व हेर्दा कांग्रेसको कूल ६०१ मा २०७ छ, जुन ३४ प्रतिशत हुन्छ । अब कांग्रेसले पहिलो चरणमा एक सय ठाउँमा बिजय हासिल गरेमो त्यो संख्या ३५ प्रतिशत हुनेछ ।

त्यस्तै एमालेसँग संसदमा १८७ सिट छ, जुन ३१ प्रतिशत हुन्छ, अब स्थानीय तहमा उसले पनि एक सय ल्यायो भने ३५ प्रतिशत हुने देखिन्छ, जुन दोस्रो संविधानसभाभन्दा प्रगति हो । 

माओवादी केन्द्रसँग ८२ सांसद छन्, जुन १३ प्रतिशत हुन्छ, अब उसले ५० मात्रै ल्यायो भने पनि त्यो १७ प्रतिशत हुनेछ । सिट संख्याका आधारमा स्थानीय निर्वाचनबाट साना दलहरुको अवस्था अझ खुम्चेको र ठूलो दलको अवस्था बृद्धि भएको देख्न सकिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको