Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकको कारोबार खुल्यो

विहीबार, ०४ जेठ २०७४, १४ : २० मा प्रकाशित

जनता बैंकको कारोबार खुल्यो

अर्थ संसार, 
काठमाडौं –रोक्का भएको जनता बैंकको सेयर कारोबार खुलेको छ । त्रिवेणी विकास बैंकसँगको मर्जर प्रयोजनका लागि जनताको सेयर कारोबार कात्तिक १८ गतेदेखि रोक्का भएको थियो ।

यी दुई बैंकबीचको मर्जर प्रकृया सफल भएपछि सेयर कारोबार खुलेको हो । जनताको सातौं वार्षिक साधारण सभाले पारित गरेको १२५ बोनस सेयरमा मूल्य समायोजन भएर प्रतिकित्ता ३४६ रुपैयाँमा कारोबार खुलेको छ ।

यसको औसत आधार मूल्य ३०३ रुपैयाँ छ । जनताले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने सम्बन्धी भएका सम्झौता अनुमोदन गर्न र १ः१ स्वाप रेसियोलाई पारित गर्न जेठ १३ गते विशेष साधारण सभा बोलाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको