Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा हरियाली, महँँगो सेयर लगानीकर्ताको रोजाइमा

अर्थ संसार

मंगलबार, २८ बैशाख २०७८, १५ : ०२ मा प्रकाशित

सेयर बजारमा हरियाली, महँँगो सेयर लगानीकर्ताको रोजाइमा

साताको तेस्रो कारोबार दिन  आज (मंगलबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको हो  ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक २७.४७ अंकले बढेर २६७३.३१ को बिन्दुमा पुगेको छ नेप्से १.०४ प्रतिशतले बढेको हो  । यस्तै सेन्सेटिभ परिसूचक ३.१२ अंकले बढेर ४७८.२४ को बिन्दुमा पुगेको छ  । 

आज कूल २२० कम्पनीको एक करोड ८ लाख १९ हजार ५३५ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ रुपैयाँ बराबरको कारोबार भएको छ  ।

मंगलबार कारोबार भएका १३ उपसमूहमा १३ वटै उपसमूहको सेयरमूल्य बढेको छ  ।

आज कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनीले  अग्रता कायम गरेको छ । कम्पनीले ७६ करोड ६५ लाख ३४ हजार  रुपैयाँ बराबरको कारोबार गरेको हो ।

आज २ कम्पनीको सेयरमूल्यमा सर्किट लागेको छ । जसमध्ये बोटलर्स नेपाल (तराई) को सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ, भने विशालबजार कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज ५ कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको