Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यविनायक वडा नं ९ मा पत्रकार केसी विजयी

आइतबार, ०७ जेठ २०७४, ०८ : ३४ मा प्रकाशित

सूर्यविनायक वडा नं ९ मा पत्रकार केसी विजयी


अर्थ संसार 

भक्तपुर- भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ९ मा पत्रकार उपेन्द्र केसीको प्यानलै विजयी भएको छ । 

नेकपा (एमाले) बाट वडा नं ९ को वडाध्यक्षमा उम्मेदवारी दिनुभएका उपेन्द्र केसीको प्यानल नै विजयी भएको हो । केसीले कुल एक हजार २५८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका माधव खत्रीले ६८१ मत प्राप्त गर्नुभएको छ । 

विजयी हुनेमा महिला सदस्य जुनुमाया तामाङ, दलित महिला सदस्य अनु बयलकोटी, सदस्यमा श्रीराम व्याञ्जु र विनय महत रहनुभएको छ । केसी १३ वर्षसम्म छलफल साप्ताहिकका कार्यकारी सम्पादक हुँदै हाल आमसञ्चार डटकम अनलाइनका सम्पादक भएर कार्य गरिरहनुभएको छ । यसअघि उहाँ पे्रस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष हुनुहुन्थ्यो । 

सूर्यविनायक नगरपालिकामा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार वासुदेव थापाले अग्रता कायम गर्नुभएको छ । उहाँले १० हजार ६६९ मतसहित अग्रता कायम गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार विष्णुराज कार्कीले नौ हजार ६४५ मतले पछ्याइ रहनुभएको छ । 

त्यसैगरी, उपप्रमुखमा पनि एमालेका उम्मेदवार जुना बस्नेतले ११ हजार ५७३ मतसहित अग्रता लिनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार कल्पना राजथलाले आठ हजार ४०१ मतले पछ्याइरहनुभएको छ । 

सूर्यविनायक नगरपालिकाको वडा नंं १० को मतगणना सुरु भएको छ भने आज रातिसम्म अन्तिम परिणाम आउने सम्भावना छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको