Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको नाफा ५ अर्बभन्दा बढी, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

विहीबार, ३० बैशाख २०७८, ०८ : ४८ मा प्रकाशित

नेपाल टेलिकमको नाफा ५ अर्बभन्दा बढी, प्रतिसेयर आम्दानी कति ?

नेपाल टेलिकमले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थी वर्षको सोहि अवधिमा कम्पनीको यो नाफा २२ प्रतिशतले थोरै हो । गत वर्षको सोहि अवधिसम्म कम्पनीले ७ अर्ब ५६ करोड ५५ लाख १५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीको आम्दानीमा गिरावट आएसँगै नाफा पनि घटेको हो । चैत मसान्तसम्म कम्पनीले ३१ अर्ब ६७ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोहि अवधिको कम्पनीले ३२ अर्ब २७ करोड २३ लाखभन्दा बढी कुल आम्दानी गरेको थियो  ।

हाल चुक्तापूँजी १५ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८२ अर्ब ९६ करोड ४९ लाख १४ हजार रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ ६५३ रुपैयाँ  १० पैसा रहेको छ ।

609c9a72d3781.jpg 609c9a777ec88.JPG 609c9a7aef320.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको