Like us!
Follow us!
Connect us!
Watch us!
आक्रमणप्रति एमालेद्धारा भत्र्सना

एमालेको विजयी र्यालीमा कांग्रेसको आक्रमण

आइतबार, ०७ जेठ २०७४, १४ : ४६ मा प्रकाशित

एमालेको विजयी र्यालीमा कांग्रेसको आक्रमण

अर्थ संसार 
कामठाडौं– नेपाली काग्रेसले एमालेको विजय र्यालीमाथि गरेको आक्रमणप्रति नेकपा एमाले जिल्ला कमिटि धादिङले आपत्ति जनाएको छ । 

धादिङको ज्वालामुखि गाउँपालिकामा नेकपा एमालेले उपाध्यक्ष सहित बहुमत वडाहरुमा र्याली तथा सभा सम्पन्न गरेर घर फर्किएका कार्यकर्तामाथि नेपाली कांग्रेसका कार्यकर्ताले साँघातिक आक्रमण गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।  

शनिबार राती ज्वालामुखि गाउँपालिकाको ३ नं. वडामा एमाले कार्यकर्ता चढेको गाडिमा ढुंगा तथा वियरको बोत्तल प्रयोग गरी ६ जनालाई घाइते बनाइएको प्रति घोर निन्दा र भत्र्सना गरेको छ ।

 र्याली सम्पन्न गरेर फर्किएका एमालेका कार्यकर्तामाथि बाटो बथानेर बसेका कांग्रेस कार्यकर्ताको आक्रमणबाट राउत पुरी, अमृत आले लगायतका साथिहरु घाइते भएको विज्ञप्तीमा उल्लेख छ ।  जिल्लामा नेकपा एमालेको पक्षमा उर्लिदो जनलहर र प्राप्त नतिजाबाट अतालिएकोे नेपाली काग्रेस कुटपिट गालिगलौज र दुव्र्यवहारको हर्कत गर्न उद्यत भएको देखिएको छ ।

 यस्ता घटनामा संयममता अपनाई स्थितिको सामान्यीकरण गर्न र जनताको सेवा गर्ने आफ्नो कार्यपथमा अविचलित लागिरहन एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरुमा आग्रह समेत गर्दछौं । घटनालाई तोडमरोड गरी स्थानीय स्तरमा शान्ति व्यवस्था भड्काउन नेपाली कांग्रेसले चालेको कदम प्रति दुःख व्यक्त गरेको छ । 

घटनालाई लिएर नेपाली कांग्रेसले पूर्वाग्रही हिसावबाट एमालेका केहि नेता कार्यकर्ताको नाम मुछ्ने र मानसिक यातना दिने काम भएको एमालेले आरोप लगाएको छ ।

 नेकपा एमाले यस्ता गलत तिकडममा नलाग्न सम्बन्धित व्यक्ति तथा निकायसंग आग्रह समेत गरेको छ ।  शान्तिपूर्ण बाँच्न पाउने अधिकार र शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि गर्न पाउने अधिकार हनन् हुनेगरी गरिएका यस्ता घट्नामा संलग्न दोषि उपर अविलम्ब कानुनी कारबाहीको माग गरेको छ । 

नेपाली जनताको लामो संघर्षपछि देशमा निर्माण भएको संविधान र त्यसको कार्यान्वयन स्वरुप स्थानीय सरकार निर्माणका लागि प्रथम चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको परिणामलाई स्वीकार्न नचाहने र जनअधिकारको स्थापना र संरक्षण हुन नदिइ मुलुकको समृद्धिलाई पछाडि धकेल्ने षड्यन्त्रको रुपमा गरिएका यस्ता हर्कतप्रति नेकपा एमाले धादिङ निन्दा र भत्र्सना गरेको छ ।

 यस्ता घटनाबाट बिचलित नहुन र थप उर्जा र उच्च मनोवलका साथ एमालेको पक्षमा जनमत सिर्जना गर्ने कार्यमा निरन्तर लागिरहन पार्टी नेता, कार्यकर्ता तथा शुभचिन्तक सबैमा हार्दिक आग्रह गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको