Like us!
Follow us!
Connect us!
Watch us!

पोखराको मतगणना सम्बन्धमा विवाद कायमै

सोमबार, ०८ जेठ २०७४, ०८ : २८ मा प्रकाशित

पोखराको मतगणना सम्बन्धमा विवाद कायमै

अर्थ संसार 

पोखरा - निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरपालिकाको रोकिएको मतगणना अघि बढाउन आइतबार निर्देशन दिए पनि दलहरूबीच सहमति नहुँदा अझैसम्म मतगणना कार्य सुरु हुन सकेको छैन । 

मतगणनाका क्रममा शनिबार पोखरा लेखनाथ महानगरको १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तिक छापको आकार ठूलो भएको भेटिएपछि विवादका कारण रोकिएको मतगणना सुचारु गर्न आइतबार विभिन्न चरणमा सर्वदलीय बैठक राखिए पनि दलहरूबीच सहमति नजुटेको हो । 

सर्वदलीय बैठकमा मतगणना सुचारु गर्ने सम्बन्धमा सहमति नजुटेपछि स्वस्तिक छापको प्रयोग सम्बन्धमा आवश्यक निर्णयका लागि निर्वाचन आयोगमा आइतबार पत्राचार गरिएको थियो । 

आयोगले आइतबार साँझ ५।३० बजे जवाफ पठाउँदै मतगणना सुचारु गर्न निर्देशन दिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार साँझ पुनः सर्वदलीय बैठक राखे पनि दलहरूबीच सहमति जुट्न नसकेका कारण मतगणना सुरु हुन नसकेको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । 

“मतगणना सुचारु गराउन कानुनी आधार मात्र नभएर स्थानीय दलबीच सहमति कायम गर्ने प्रयास स्वरुप आज पुनः सर्वदलीय बैठक बोलाएका छौँ,” उहाँले भन्नुभयो, “सर्वदलीय बैठकमार्फत सहमति कायम गरी मतगणना सुरु गराउने हाम्रो प्रयास छ ।” 

मतगणना सम्बन्धमा देखिएको विवादलाई निर्वाचन आयोगले समाधान गर्दै यथासक्य चाँडो मतगणनाको वातावरण तयार गर्नुपर्ने नेपाली काँग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको