Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने – लोडसेडिङको अन्त्यपछि आर्थिक वृद्धि उच्च भयो

बुधबार, १० जेठ २०७४, १६ : २५ मा प्रकाशित

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने – लोडसेडिङको अन्त्यपछि आर्थिक वृद्धि उच्च भयो

अर्थ संसार, 
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रका नाममा सम्बोधन गर्दै लोडसेडिङको अन्त्यपछि मुलुकको आर्थिक वृद्धिदर उल्लेख्य रुपमा भएको बताउनुभएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आज देशबासीका नाममा सम्बोधन गर्दै उहाँले गत वर्ष १८ घन्टासम्म जारी रहेको लोडसेडिङ आफ्नो प्रधानमन्त्रीत्वकालमा पूर्ण रुपमा हटाउन सफल भएको बताउनुभयो । 

गत वर्ष ०.०१ प्रतिशतमा रहेको आर्थिक वृद्धिदर चालु आवमा ७.४ प्रतिशतमा पुगेको, आर्थिक परिसूचकहरु सकारात्मक र गुणात्मक दिशामा अगाडि बढेको उल्लेख गर्नुभयो ।

उहाँले आर्थिक, सामािजक तथा सांस्कृतिक क्षेत्रमा उल्लेख्य प्रगति भएको तथा राजनीतिक रुपमा पनि आफूले सकारात्मक काम गरेको बताउनुभयो । 

विकास निर्माणलाई उच्च प्रथामिकता दिई राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाएको प्रधानमन्त्रीको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको