Like us!
Follow us!
Connect us!
Watch us!
विद्यासुन्दर शाक्य १४ हजार मतले अगाडि (काठमाडौं अपडेट )

काठमाडौंमा कांग्रेसलाई पाखा लगाउँदै एमाले

बुधबार, १० जेठ २०७४, २२ : ०४ मा प्रकाशित

काठमाडौंमा कांग्रेसलाई पाखा लगाउँदै एमाले

अर्थ संसार,

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा एक लाख ४० हजार ५५१ मतगणना गर्दा नेकपा ९एमाले० ले ४६ हजार ५९३ प्राप्त गरी आफ्नो अग्रता कायम गरेको छ । 

अहिलेसम्मको मतगणना हेर्दा कामपाको प्रमुखमा एमालेका विद्यासुन्दर शाक्य ४६ हजार ५९३ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ भने नेपाली काँग्रेसका राजुराज जोशीले ३२ हजार ७०९ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै, विवेकशील पार्टीकी रञ्जु दर्शनाले १६ हजार ९९६ र साझाका किशोर थापाले १२ हजार ८९८ मत प्राप्त गर्नुभएको छ । नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार सर्वोत्तम डङ्गोलले पाँच हजार १५६ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी, उपप्रमुखमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले ४२ हजार ४७६, राप्रपाका राजाराम श्रेष्ठले २५ हजार २८२, साझा पार्टीका तर्फबाट निरूपमा यादवले आठ हजार ३३३ मत र माओवादी केन्द्रकी सुशीला पौडेलले ६ हजार ९५७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको