Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावर कम्पनी एक जिम्मेवार जलविद्युत् उत्पादक

विहीबार, ११ जेठ २०७४, १३ : ०८ मा प्रकाशित

अपि पावर कम्पनी एक जिम्मेवार जलविद्युत् उत्पादक

नीजि क्षेत्रको जलविद्युत् उत्पादन कम्पनी अपि पावर कम्पनीले पछिल्लो पटक मुलुकमा आक्रामक तवरले आना योजनाहरु अगाडि बढाएको छ ।

 वि. सं. २०६० साल असार ५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई वि.सं २०७० साल श्रावण ४ गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भई जलविद्युत सम्बन्धि व्यवसाय गरिरहेको कम्पनी अपी पावरले देशको जलविद्युत् क्षेत्रमा प्रभावकारी कार्ययोजनाका साथ काम अगाडि बढाइरहेको  छ ।

सबैभन्दा बढी प्रतिफल दिने र हरेक वर्ष प्रगतिशिल रुपमा सेयरधनीलाई प्रतिफल दिने अपि पावरले सेयरधनीको समेत मन जितेको छ ।

कम्पनीको हालको अधिकृत पूँजी  रु. पाँच अर्ब रहेको छ भने जारी पूँजी रु. तीन अर्ब र चुक्ता पूँजी  रु. एक अर्ब पाँच करोड पुगेको छ । कम्पनीको चुक्ता पूँजी मध्ये रु.६० करोड संस्थापक शेयरधनी, रु. १० करोड स्थानिय जनता तथा रु.३० करोड सर्बसाधारण, सामुहिक लगानी कोष तथा कर्मचारीको लगानी रहेको छ ।

आर्थिक वर्ष २०७२/७३ को खुद मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशतका दरले वोनश शेयर उपलब्ध गराईएको छ । सो वोनश शेयर सूचिकृत भई कम्पनीको चूक्ता पू‘जी रु. एक अर्ब पाँच करोड पुगेको हो

। कम्पनीले बर्षेनी वितरण गर्ने बोनस शेयर तथा नयाँ आयोजनाहरुका लागि पूँजी लगानी वृद्धि गर्नु पर्ने भएकोले कम्पनीको दोस्रो विशेष साधारण सभा मार्फत कम्पनीको जारी पूँजी रु. पाँच अर्ब कायम हुन पुगेको छ ।

कम्पनीले आफ्नो लगानी तथा बैंक ऋणबाट महाकाली अञ्चलको दार्चुला जिल्लाको नौगाड खोलाको पानी उपयोग गरी ८.५ मेगावाट क्षमताको नौगाड जलविद्युत आयोजना निमार्ण सम्पन्न गरी २०७२ भदौ १ गतेदेखि राष्ट्रिय प्सारण लाइनमा जोडीसकेको छ ।

सो आयोजनाको लागत रु. एक अर्ब ४४ करोड छ । त्यसमा रु. ७६ करोड बराबरको रकम नेपाल बैंक लिमिटेडको अगुवाईमा तथा शेयरधनीहरुबाट रु. ६८ करोड लगानी रहेको छ । विद्युत खरिद विक्री संझौता सम्पन्न हु‘दा यस नौगड गाड जलविद्युत आयोजनाबाट उत्पादित विद्युत निमार्णाधिन अत्तरिया–बलाच १३२ के.भी प्रसारण लाइन माफर्त विद्युत प्रवाह हुने सम्झौता  रहेको थियो ।

 तर उक्त १३२ केभि ट्रान्समिशनलाईन आयोजना हालसम्म पनि निमार्ण पुरा भई संचालन हुन सकेको छैन । यसको तात्कालीन विकल्पको रुपमा विद्यमान ३३ के.भि. प्रसारण लाईनबाट राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गरिरहेका छौ । यो लाइनमा बारम्बार ट्रीप हुने तथा फल्ट आउने भएकाले कम्पनीले लक्ष्य अनुसार विद्युत प्रवाह गर्न सकेको छैन ।

कुल  १३२ के.भि.प्रसारण  लाईन सुचारु भएपछि लाईन लसमा कमी आई कम्पनीको आयमा वृद्वि हुनेछ । कम्पनीको व्यवसाय विस्तार गर्दै जाने उद्देश्य अनुसार कम्पनीले दार्चुला जिल्लामा बहने नौगड गाडमा ८ मेगावाट क्षमताको अपर नौगाड जलविद्युत आयोजना निमार्णका लागि  अनुमतीपत्र प्राप्त गरि निर्माणको काम सुरु गरेको छ ।

माथिल्लो नौगाड जलविद्युत आयोजनाको निमार्णको कुल लागत रु.एक अर्ब ४४ करोड हुने अनुमान छ । यस आयोजनाका लागी बैंक ऋण रु.एक अर्ब तथा शेयरधनीबाट रु ४४ करोड लगानी हुनेछ । बैंक ऋण मध्य नेपाल एसविआई. बाट रु.५५ करोड प्रभु वैंक वाट रु.४५ करोड लागत गर्ने गरी सम्झौता  भएको छ ।

यो आयोजना निर्माणको लागि चाहिने स्वलगानीको लागी थप साधन परिचालन गर्नु पर्ने आवष्यकता छ । यो आयोजनाको निर्माण पुरा भई  २०७४ चैत्र महिना देखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको छ ।

अपर नौगाड जलविद्युत आयोजना निमार्णका झलकहरु


नेपाल सरकारले विद्युत संकट निरुपण कार्ययोजना अन्तर्गत देशका विभिन्न भागमा शौर्य शक्ति तथा हावा बाट विजुली उत्पादन गर्ने नीति लिएको छ ।

यस अन्तर्गत नेपाल विद्युत प्राधिकरणले खुल्ला प्रतिस्पद्र्धाबाट देशका तराईका जिल्लाहरुमा अवस्थीत विभिन्न सवस्टेशनहरु रहेका ठाँऊमा जडान गर्ने गरी सोलार बाट जम्मा ६४ मेगावाट विद्युत उत्पादनको लागी नीजिक्षेत्रको लागी एक टेण्डर आह्वान गरेको थियो ।

 सो टेण्डरमा भाग लिएर अपि पावर कम्पनीले जम्मा १८.५ मेगावाट क्षमताका आठवटा सोलार आयोजना निर्माणको टेण्डर घटाघट वि

धिबाट प्राप्त गर्न सफल भएको छ । यी आयोजनाहरुको विवरण तल प्रस्तुत गरिएको छ । नेपालमा सोलार आयोजनाबाट विद्युत उत्पादन गरि राष्ट्रिय ग्रिडमा जोडेर विद्युत खरिद-विक्रि सम्झौता गरि निजि लगानीकर्तालाई लगानीको लागि आहृान गरेको यो पहिलो  प्रयास हो ।

यस अन्तर्गत आर्थिक वर्ष २०७२/७३ मा सौर्य उर्जाबाट कुल विद्युत उत्पादन १० प्रतिशत सम्म अर्थात १०० मेगावाट सम्म र आर्थिक वर्ष २०७३/७४ मा थप १०० मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष रहेको छ ।

सौर्य उर्जाबाट दिउँसोको समयमा मात्र विद्युत उत्पादन भई ग्रिडमा आपुर्ति हुन्छ । एक मेगावाट क्षमताको सोलार प्लान्ट जडानका लागी ३ विघा जमिनको आवश्यकता पर्दछ । यस्तो जमिन खरिद गरेर अथवा लिजमा लिएर तथा तराईमा सरकारी जग्गा प्राप्त गरेर काम गर्न सकिने संभाव्यता रहेको छ ।

ग्रिडमा जोडिने सोलार आयोजको निर्माण गर्न औषतमा रु. १० करोड प्रतिमेगावाट लागत लाग्ने अनुमान छ ।

यी आयोजनाहरुको निर्माण एक वर्षभित्र सम्पन्न भईसक्ने भई भएकाले कम्पनीलाई आय प्राप्त हुने तथा अपि पावर कम्पनी हाम्रो देशमा ग्रीडमा जोडिएको सोलार आयोजना निर्माण गर्ने पहिलो कम्पनी बन्ने छ । 

अपि पावर कम्पनीले महाकाली अंचलको दार्चुला जिल्लमा बहने चमेलया नदीमा ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजनाको संभाव्ता अध्ययन अनुमति प्राप्त गरी सल्लाहकार नियुक्ति बिस्तृत अध्ययनको काम गरिरहेको छ ।

यो अध्ययन पुरा गरी  विद्युत खरीद सम्झौता  पुरा गरेर आयोजना निर्माण गर्ने लक्ष्य लिएर काम गरिरहेका छौं । सुदुर पश्चिमाञ्चलमा निमार्णाधिन अत्तरिया बलाच १३२ केभि ट्रान्समिशनलाईन आयोजनाको दोश्रो सर्किटमा लाईन तान्ने काम सम्पन्न भएपछि कम्पनीले यो आयोजनाको निर्माणको काम सुरु गर्नेछ ।

कम्पनीले अपर नौगड आयोजनाको काम तीव्ररुपमा अघि बढाएको, सोलारका आयोजनाहरुको काम गर्ने नयाँ निर्णय गरेको, अपर चमेलिया जलविद्युत आयोजनाको संभाव्यता अध्ययनको काम गरिरहेको र त्रिसुली गल्छी जलविद्युत आयोजनामा पनि लगानी गर्नु प्रतिवद्धता व्यक्त गरेको हुँदा नयाँ ढंगले पूँजी लगानीको योजना बनाई काम गर्नु पर्ने आवष्यकता छ ।

कम्पनीका अन्य नयॉ आयोजनाहरु मध्ये अपर नौगाड, सोलार विद्युत आयोजना, अपर चमेलिया आदि आयोजनाहरुको निमार्णको लागी चाहिने लगानीका लागी आ.व. २०७३÷०७४ भित्र  हकप्रद शेयर निष्काशन गर्ने गरी कम्पनीले काम गरिरहेको कुरा सर्बसाधारण लगानीकर्ताहरुलाई जानकारी गराउद‘छौ ।

गत मंसिर २१ गतेको संचालक समितीको निर्णय वमोजिम धितोपत्र वोर्डले एक सूचना प्रकाशित गरी वैकिङ्ग वा बिमा सम्बन्धी व्यवसाय गर्ने कम्पनीहरु वाहेक अन्य संगठित संस्थाहरुको हकप्रद निष्काशन तथा थप सार्वजनिक निष्काशनको लागी थप शर्त तथा मापदण्डहरु बमोजिम सार्बजनिक निष्काशन गरेको कम्तीमा पनि २ बर्ष पुरा नगरि हकप्रद शेयर जारी गर्न नपाउने नियमको कारण कम्पनीले आगामी असार ११ पछि मात्र हकप्रद शेयर जारी गर्नसक्ने छ ।

कम्पनीले अर्थिक बर्ष २०७२/७३ को मुनाफाबाट बोनश शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूजी  रु एक अर्ब पाँच करोड भएकाले सो पूँजीको १ः२ शेयर जारी गरी रु २१० करोड रकम शेयरधनीहरुबाट संकलन गर्नेछ । यसपछि कम्पनीको चुक्ता पूँजी रु. ३१५ करोड पुग्ने छ ।


 
पव्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना भई विद्युत विकासको काममा संलग्न भएको यस कम्पनीमा धेरै शेयरधनीहरुको लगानी रहेको छ । लगानीमा उचित प्रतिफल प्राप्त होस भन्ने बारेमा कम्पनी सदैव समर्पित भएर काम गरिरहेको छ । कम्पनीले बिभिन्न आयोजनामा लगानी गरेपश्च्यात कम्पनीको पू‘जी संरचना, आय, नाफा शेयर मूल्यमा बृिद्घ हुने अनुमान छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको