Like us!
Follow us!
Connect us!
Watch us!

एग्रिबिजनेस बुट क्याम्पबाट छानिए २५ ब्यवसाय, ५० जनाले सिके ब्यवसाय गर्ने सीप

मंगलबार, १६ जेठ २०७४, १५ : ४४ मा प्रकाशित

एग्रिबिजनेस बुट क्याम्पबाट छानिए २५ ब्यवसाय, ५० जनाले सिके ब्यवसाय गर्ने सीप

अर्थ संसार, काठमार्डौं –नेपाल आन्ट्रप्रेनर हब (एनइहव) ले ‘एग्रिबिजनेश बुट क्याम्प २०१७’ कृषि उत्पादनलाई ब्यवसाय बनाउँदै आएका ५० जना  ब्यवसायी छानेको छ ।

झण्डै साढे दुई महिना लामो छनौट प्रक्रियाबाट कृषि उत्पादनको ब्यवसाय गर्दै आएका र यस क्षेत्रका स्टार्ट अप कम्पनीहरुलाई प्रतिस्पर्धा गराएर छानेको हो ।  

कृषिमा आधारित ब्यवसायलाई बढावा दिन नेपालमा आयोजना गरिएको पहिलो बुट क्याम्पमा २५ ब्यवसायका दुई जनाका दरले छानिएका हुन् । यस क्याम्पलाई विश्व बैंक, इन्फोडेभले सघाएको हो । राम्रा ब्यवसायमा लगानी गर्दै आइरहेको विजनेश अक्सिजन (विओटु) ले बुट क्याम्पमा साझेदारी गरिरहेको छ । 

बुट क्याम्पमा कृषिमा आधारित ब्यवसाय गर्दै आएका ती २५ वटा समुहले आफ्नो ब्यवसायिक योजनालाई उचाइमा पुर्याउने गरी तिखारेका छन् । यस प्रकारको कार्यक्रमले छानिएका कृषि उत्पादनमा आधारित ब्यवसायलाई दीगो बृद्धितर्फ लैजान सघाउने आयोजक एनइहलका सहसंस्थापक ब्रिजेन्दरोचन जोशीको विश्वास छ ।

एनइ हवले राजधानीमा सोमबार आयोजना गरेको संचारमाध्यमसँग अन्तक्र्रिया कार्यक्रममा यस्तो बुट क्यम्पले विजनेश गर्ने नयाँ आइडिया भएका स्टार्टअपहरूलाई आफ्नो दिमागमा भएको ब्यवसायलाई बजारसम्म पु¥याउन ब्यवसायिक र आर्थिक योजना बनाउन मद्दत गर्ने बताए । 

क्याम्प आयोजना गर्न सघाइरहेको बल्र्ड बैंक इन्फोडेभका सुमन शाक्यले कृषिमा आधारित ब्यवसायलाई प्रबर्धन गर्न बुट क्याम्प आयोजना गरिएको बताए ।

क्याम्प अबधिमा सहभागीले कृषिमा आधारित ब्यवसायलाई विकास र विस्तार गर्न ठोस दक्षता हासिल गरेको उनको भनाइ थियो ।सहभागीलाई औद्योगिक विज्ञहरूले आपूर्ती सप्लाई चेन, भ्यालु एडेड, बजारिकरण, कानुनी प्रक्रिया, विक्री, वितरण, लगानी, साझेदारीलगायतका वषयमा प्रतिशिक्षित गरेका थिए ।

इनइहबले दुई समुहमा विभाजन गरेर बुट क्याम्पका सहभागीलाई छानेको थियो । सुरुमा नयाँ आइडिया/स्टार्टअप र ब्यवसाय गरिरहेकाहरूसँग फेब्रअरी १२ देखि मार्च १० सम्म छुट्टाछुटै आवेदन माग गरिएको थियो ।

यसमा देशभरिबाट ३८३ स्टार्टअप र २५८ वटा ब्यवसाय गरिरहेका गरी ६४१ ब्यवसायीले आवेदन गरेका थिए । दुवै गरी प्रि जजिङ राउन्डबाट ६५ स्टार्टअप र ४६ ब्यवसाय गरिरहेकाहरु छानिए । 

तीमध्ये स्टार्टअपहरूलाई पहिलो पटक ‘स्टार्टअप विकेन्ड’ मा सहभागी गराइएको थियो । यसअघि आइटी क्षेत्रमा इनोभेटिभ आइडिया भएकाहरूलाई स्टार्टअफ विकेन्डमा सहभागी गराउने अन्तराष्ट्रिय प्रचलन थियो ।

यसपाली नेपालमा कृषि ब्यवसाय गर्न खोज्ने स्टार्टअपहरूले त्यस्तो अबसर पाएका थिए । स्टार्टअप विकेन्डमा खासगरी सप्ताहान्तको शुक्रबार साँझदेखि आइतबार साँझसम्म ब्यवसायीले लगातार क्याम्पमा बसेर आफ्नो ब्यवसायीक योजनालाई तिखार्छन् ।

अप्रिल ७ देखि ९ तारिकसम्म लगातार ५४ घन्टा भएको कार्यक्रममा ३३ सहभागीले आआफ्ना आइडिया पिच गरेका थिए । त्यसबाट १० वटा आइडिया छानिएका थिए । तीमध्येबाटै अन्तमा ५ वटा आइडिया बुटक्याम्पका लागि छानिए । 

अर्कोतर्फ चालु कृषि ब्यवसायमध्ये ‘स्पिड डेटिङ’ का माध्यमबाट ४६ मध्ये अप्रिल १ मा २० वटा ब्यवसाय छानिए । ती ब्यवसाय कृषि ब्यवसायमा दख्खल राख्ने विभिन्न ब्यक्तिहरूको समुहले योजना मूल्यांकन र अन्तवार्ताका माध्यमबाट छनौट गरेको थियो ।

यसरी दुई समुहबाट छानिएका ५ स्टार्टअप र २० वटा चालु ब्यवसाय गरी २५ समुहलाई अप्रिल २१ देखि २७ सम्म भएको ‘एग्रिबिजनेश बुट क्याप्प’ मा सामेल गराइएको थियो ।

क्याम्पको साताभर हरेक दिन विभिन्न विषयका विज्ञले उनीहरूलाई सप्लाइ चेन, प्याकेजिङ, भ्यालु प्रपोजिसन, कस्टोमर सेग्मेन्टेसन, ब्रान्डिङ, फाइनान्स, सेल्स एन्ड डिस्ट्रिब्युसनलगायतका विषयमा प्रशिक्षण दिएका थिए । अन्तिम दिन सहभागीहरूले आफ्नो प्रस्तुति दिएका थिए । निर्णायकहरूले तीमध्येबाट उत्कृष्ट २० जनालाई छानेका थिए । 

अन्तिममा छानिएकाहरूलाई मे २८ र २९ मा हुने मेन्टरसिप (प्रशिक्षण) कार्यक्रममा सहभागी गराइने एनइहवका जोशीले जानकारी दिनु भयो । यसरी छानिएका ब्यवसायीहरूलाई उनीहरूको कृषिमा आधारित ब्यवसाय बृद्धिका लागि ‘तयार ब्यवसाय’ बनाउन समुहपिच्छे एक्लाएक्लै प्रशिक्षण दिइँदै छ ।

त्यसपछि ती ब्यवसायिक समुहलाई नेपाल एग्रिबिजनेश इन्नोभेसन सेन्टरलाई हस्तान्तरण गरिने छ । सेन्टरले ब्यवसायलाई लगानी गर्नेहरूसँग सहजीकरण गर्ने, ब्यवसाय विस्तार गर्न देखिएका चुनौतीहरूको समाधान गरिदिने, प्रशिक्षण र परामर्श दिनेलगायतका काम गर्ने छ ।

यसरी छानिएका उत्कृष्ट ब्यवसायमा चिया, कफी, केरा, अचार, मसला, मह, जडिबुटी, खाद्य प्रसोधन, नरिवलको पातबाट दुना टपरी बनाउनेलगायतका ब्यवसाय छन् । कार्यक्रममा कंचनजंघा अर्गानिक अर्थोडक्स टी इन्डस्टीकी मिलनकुमारी खत्रीले एग्रिबिजनेस बुट क्याम्पले आफूहरुलाई ब्यवसाय विस्तार गर्न ठूलो ज्ञान दिएको बताइन् ।  

बुट क्याम्प अबधिमा सहभागीहरूले आफ्नो ब्यवसायलाई विकास र विस्तार गर्न भरपूर दक्षता हासिल गरेका छन् । कुनै योजनाबिना ब्यवसाय सुरु गरेका बेला बुट क्याम्पमा बसेर बजार खोज्ने, ब्यवसायिक योजना बनाउने, उत्पादित बस्तुको गुणस्तर कायम गर्ने, स्तरीय प्याकेजिङ कसरी गर्ने जस्ता कुराहरू सिकेको उनले बताइन् ।

 कतिपय योजनाले बुट क्याप्पकै अबधिमा लगानीकर्तासमेत भेटिसकेका छन् । बुट क्याम्पमा साझेदारी गरिरहेको विजनेश अक्सिजनले उत्कृष्टमध्ये ७ वटा ब्यवसायमा लगानी गर्ने इच्छा जाहेर गरेको एनइहवकी सुसन कर्माचार्य बताइन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको