Like us!
Follow us!
Connect us!
Watch us!
नेपाली सांगितिक प्रतिभालाई अवसर दिने लक्ष्य

ओप्पोद्वारा नेपालमा अन्तरराष्ट्रिय फ्रान्चाइज ‘आयडल’को प्रमुख प्रायोजन

शुक्रबार, १९ जेठ २०७४, ११ : ०६ मा प्रकाशित

ओप्पोद्वारा नेपालमा अन्तरराष्ट्रिय फ्रान्चाइज ‘आयडल’को प्रमुख प्रायोजन

अर्थ संसार, काठमाडौं - नेपालकै पहिलो अन्तरराष्ट्रिय फ्रान्चाइज टेलिभिजन शो, ‘नेपाल आयडल’लाई अन्तरराष्ट्रिय मोबाइल फोन ब्राण्ड ओप्पोले प्रमुख प्रायोजकका रुपमा प्रायोजन गरेको छ ।

उत्कृष्ट गायनकला भएरपनि अवसरको अभावमा मुलधारमा आउन नसकिरहेका नेपाली प्रतिभालाई सुनौलो अवसर प्रदान गर्ने सोचका साथ ओप्पोले प्रायोजनका लागि नेपाल आयडलको छनोट गरेको कम्पनीका ब्राण्ड म्यानेजर माइकल लीले बताए ।

‘हामी विज्ञापनका लागि मात्र प्रायोजन गर्न चाहदैनौँ । हाम्रो लगानीले देशमा रहेका समस्या केही मात्रामा भएपनि समाधान होस् भन्नु हाम्रो उद्देश्य हो । अन्तरराष्ट्रिय बजारका साथै नेपालमा पनि हामी यही उद्देश्यपूर्तिको प्रयास गरिरहेका छौँ । नेपाल आयडलको प्रायोजन यसैको उपज हो ’ लीले भने । 

६ अर्ब ५० करोडले हेर्छन् आयडल
 
रियालिटी टेलिभिजन गायन प्रतिस्पर्धा ‘आयडल्स’को ढाँचा ब्रिटिश टेलिभिजन प्रड्यूसर सायमन फुलरले तयार पारेका हुन् । त्यसैगरी यसको विकास फरमेन्टल मिडियाले गरेको हो । सन् २००१मा ब्रिटिस टेलिभिजन सिरिज पप आयडलका रुपमा सञ्चालन गरिएको आयडल सिरिजलाई पहिलो पटक पोलिस सिरिज आयडलका रुपमा सन् २००२मा ‘एडेप्टेशन’ गरिएको हो ।

लगतै कार्यक्रम विश्वमै सर्वाधिक हेरिने टेलिभिजन फ्रान्चाइजका रुपमा स्थापित हुँदै गएको छ । कार्यक्रममा अपनाइएको ढाँचा विश्वका ४६ क्षेत्र र १ सय ५० भन्दा बढी देशमा विभिन्न परिमार्जित ढाँचा सहित प्रसारण हुँदै आइरहेको छ । कार्यक्रमका परिमार्जित संस्करण विश्वभरका ६ अर्ब ५० करोड (६.५ बिलियन) दर्शकले हेर्ने गर्छन् । 

आयडलबाट चर्चित केही नाम 

यूनाइटेड किङ्दमका विल योङ्, अमेरिकाका केली क्लार्कसन र क्यारि अन्डरउड, अष्ट्रेलियाका गाय सिबेस्टिन लगायत आयडल सिरिज विजेता भए पश्चात लोकप्रियताको शिखर चढेका केही गायक गायिकका नाम हुन् ।

त्यसैगरी सिरिज नजितेतापनि सिरिजकै कारण चर्चाको शिखरमा पुगेका सफल कलाकारका केही नाममा अमेरिकाका एण्थन केली, क्यानेडाका जेकब होगार्ड, कार्लि रे जेप्सन, अमेरिकाका क्रिस डट्रि र क्ले आएकन यस्तै केही नामहरु हुन् । त्यसैगरी कार्यक्रममा उपस्थितीकै कारण अभिनय लगायत क्षेत्रमा नाम कमाउनेहरु पनि धेरै छन् । यस्तै, नाममा एकेडेमी अवार्ड विजेता जेनिफर हड्सन चिरपरिचित नाम हो । 
 
नेपालमा पनि ट्रेण्डिङ्
नेपालमा पनि अहिले आयडल संस्करणले अत्यधिक चर्चा तथा लोकप्रियता पाइरहेको छ । कार्यक्रमको बढ्दो क्रेज र यू–ट्युब, फेसबुक लगायत, सामाजिक सञ्जालमा यसको चर्चाले कार्यक्रमको सफलताको प्रमाण दिन्छ । जनजिब्रोमा समेत यसको ब्यापक चर्चाले कार्यक्रमका विजेता तथा सहभागीले उल्लेख्य सफलता पाउने सहजै अनुमान गर्न सकिन्छ । करिव ९ एपिसोड प्रशारित हुँदा सम्ममा यसका सहभागीले अहिले पाइरहेको चर्चा र लोकप्रियता यसको प्रमाण हो । ‘नेपालमा हाम्रो यस प्रायोजनले नयाँ प्रतिभा जन्माउन उल्लेख्य सहयोग गर्नेमा हामी निकै आशावादी छौँ ’, लीले भने । आयडलको नेपाली संस्करण ‘नेपाल आयडल’ एपीवान टेलिभिजनबाट प्रशारित भइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको