Like us!
Follow us!
Connect us!
Watch us!

नवनिर्वाचित प्रधानमन्त्री देउवालाई चीन र भारतको बधाई

मंगलबार, २३ जेठ २०७४, २२ : ३९ मा प्रकाशित

नवनिर्वाचित प्रधानमन्त्री देउवालाई चीन र भारतको बधाई

अर्थ संसार, काठमाडौँ-  नेपाली काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा चीनले बधाई दिएको छ । 

नेपालका लागि चिनियाँ राजदूत यु होङ आज साँझ देउवाको निजी निवास बुढानिलकण्ठमा पुगी प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएकोमा उहाँलाई चिनियाँ सरकारकातर्फबाट शुभकामना व्यक्त गर्नुभएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिनुभयो । 

सो अवसरमा राजदूत होङले नेपाल–चीन सम्बन्धमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाको सफल कार्यकालको कामना गर्नुभयो । 

जवाफमा नवनिर्वाचित प्रधानमन्त्री देउवाले नेपाल–चीनबीचको सम्बन्ध सुमधुर हुने विश्वास दिलाउँदै शुभकामनाप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो 
त्यसै गरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । 

प्रधानमन्त्री मोदीले नवनिर्वाचित प्रधानमन्त्री देउवालाई टेलिफोन गरेर उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल–भारतको सम्बन्धमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । 

देउवा निकट पत्रकार तथा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलका अनुसार भारतीय प्रधानमन्त्री मोदीले देउवाको नेतृत्वमा नेपालमा शान्ति, समृद्धि तथा प्रगतिको कामना गर्नुभएको थियो । 

जवाफमा नवनिर्वाचित प्रधानमन्त्री देउवाले दुई देशबीचको सम्बन्ध सुमधुर हुने विश्वास दिलाउँदै शुभकामनाप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको