Like us!
Follow us!
Connect us!
Watch us!

भीमसेन थापादेखि शेरबहादुर देउवासम्म

बुधबार, २४ जेठ २०७४, ०७ : ५४ मा प्रकाशित

भीमसेन थापादेखि शेरबहादुर देउवासम्म

अर्थ संसार,काठमाडौँ - ‘बाह्र वर्षपछि खोलो फर्कन्छ’ भन्ने उखान नेपाली राजनीतिमा चरितार्थ भएको छ ।  अन्ततः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पुनः नेपालको ४०औँ प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएको छ ।

 यस पटकसमेत गरी उहाँले चारपटक प्रधानमन्त्रीका रूपमा नेपालको बागडोर सम्हाल्नुभएको छ ।  काँग्रेस संसदीय दलको नेतृत्व गर्दै २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री हुनुभएका देउवा २०५८ र २०६१ सालमा पनि प्रधानमन्त्री बन्नुभएको थियो ।  

वि।सं। २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा डडेल्धुरा क्षेत्र नं। १ बाट निर्वाचित हुनुभएका सभापति देउवा वि।सं। २०६४ को संविधान सभा निर्वाचनमा डडेल्धुरा र कैलाली तथा २०७० को संविधान सभा निर्वाचनमा डडेल्धुरा–१ र कञ्चनपुर–४ बाट विजयी हुनुभएको थियो ।  संविधान सभा निर्वाचनमा दुई ठाउँबाट निर्वाचित भए पनि संवैधानिक व्यवस्था अनुसार हाल उहाँले डडेल्धुरा–१ बाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्दै आउनुभएको छ ।  

राजनीति सङ्घर्षका क्रममा नौ वर्ष जेल जीवन बिताउनुभएका देउवा पूर्व गृहमन्त्री र माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्षसमेत हुनुहुन्थ्यो ।  तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा देउवालाई प्रधानमन्त्री पदबाट पदच्यूत गरेका थिए ।  त्यसको दुई वर्षपछि ९२०६१ सालमा० राजा ज्ञानेन्द्रले देउवालाई पुनः प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।  

नेपालको इतिहासमा प्रथम ९प्रधानमन्त्री० मुख्तियार प्राप्त गर्ने व्यक्ति भीमसेन थापा हुनुहुन्थ्यो ।  वि।सं। १८६३ देखि १८९४ सम्म ९झण्डै ३१ वर्ष० मुख्तियार भई शासन सत्ता सञ्चालन गर्नुभएका थापा राष्ट्रिय विभूतिसमेत हुनुहुन्छ ।  

त्यसैगरी रणजङ पाण्डे ९१८९६–१८९७०, पुष्कर शाह ९१८९५–१८९६०, पण्डित रङ्गनाथ पौड्याल ९१८९४–१८९५० नेपालमा ९प्रधानमन्त्री० मुख्तियार भई शासन व्यवस्था सञ्चालन गर्ने व्यक्ति हुनुहुन्छ । \

तत्कालीन अवस्थामा राजा राजेन्द्र, रानी लक्ष्मीदेवी र राजकुमार सुरेन्द्रले आ–आफ्नै ढङ्गबाट शासन सञ्चालन गरेपश्चात् दरबारमा  देखिएको फुटलाई शक्तिमा रुपान्तरण गर्दै जङ्गबहादुर राणा नेपालको प्रधानमन्त्री भए ।  यसअघि माथवरसिंह (जङ्गबहादुर राणाका मामा ) वि.सं. १९०० देखि १९०२ सम्म नेपालको प्रधानमन्त्री हुनुभएको आजको गोरखापत्रमा समाचार छ । 

झण्डै ३० वर्षसम्म ९१९०३–१९३३० नेपालको प्रधानमन्त्री हुनुभएका राणा प्रधानमन्त्री जङ्गबहादुरले कोतपर्वको रचना गरेका थिए ।  फलस्वरूप नेपालमा वि।सं। १९०३ देखि २००७ सम्म जहानियाँ राणशासन रह्यो ।  

नेपालको पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुर हुन् ।  जङ्गबहादुरले भाइलाई रोलक्रम अनुसार नेपालको प्रधानमन्त्री बनाए ।  बमबहादुर राणाले वि।सं। १९१३ देखि १९१४, रणोद्दीप सिंह राणाले १९३३ देखि १९४२, वीरशमशेरले १९४२ देखि १९५७, देवशमशेरले १९५७ देखि १९५८, चन्द्रशमशेरले १९५८ देखि १९८६, भीमशमशेर १९८६ देखि १९८९, जुद्धशमशेरले १९८९ देखि २००२, पद्यशमशेरले २००२ देखि २००५­ र मोहनशमशेरले २००५ देखि २००८ सम्म प्रधानमन्त्रीका रूपमा नेपालमा शासन गरे  ।  

राणा शासनको अन्त्यसँगै भारतबाट फर्किएका राजा त्रिभुवनले मातृकाप्रसाद कोइरालालाई वि।सं। २००८ देखि २००९ र वि।सं। २०१० देखि २०११ सम्म प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।  त्यसपछि क्रमशः टङ्कप्रसाद आचार्य ९२०१२–२०१४०, डा। केआई सिंह ९२०१४–२०१५० सम्म नेपालको प्रधानमन्त्री हुनुभएको थियो ।  

विभिन्न कालखण्डमा प्रधानमन्त्री पदको सट्टामा मन्त्रिपरिषद्को अध्यक्षका रूपमा समेत केही व्यक्तिले मुलुकमा शासन गरे ।  राजा महेन्द्रले सुवर्ण शमशेरको अध्यक्षतामा वि।सं। २०१५ देखि २०१६, डा। तुलसी गिरीको अध्यक्षतामा २०१९ देखि २०२१ र २०३२ देखि २०३४ तथा सूर्यबहादुर थापाको अध्यक्षतामा २०२१ देखि २०२३ सम्म मन्त्रिपरिषद्को गठन गर्नुभएको थियो ।  त्यस्तै वि।सं। २०६९ मा पनि तत्कालीन प्रधान न्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रिपरिषद् गठन भएको थियो ।  

वि।सं। २०१६ देखि २०१७ सम्म नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला हुनुहुन्थ्यो ।  राजा महेन्द्रले वि।सं। २०१९ सालमा पञ्चायत व्यवस्था लागू गरेपछिको पहिलो प्रधानमन्त्री डा। तुलसी गिरी हुनुभयो ।  पञ्चायत कालमै सूर्यबहादुर थापाले वि।सं। २०२१ देखि २०२३ सम्म मन्त्रिपरिषद्को अध्यक्ष र वि।सं। २०२३ देखि २०२५ तथा वि।सं। २०३६ देखि २०४० सम्म प्रधानमन्त्रीका रूपमा काम गर्नुभएको थियो ।  बहुदलीय व्यवस्थापछि वि।सं। २०५४ र २०६० मा समेत उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो ।  

पञ्चायत कालमा क्रमशः कीर्तिनिधि विष्ट ९२०२५–२०२६०, २०२८–२०३०० र ९२०३४–२०३६०, नगेन्द्रप्रसाद रिजाल ९२०३०–२०३२० र २०४२, लोकेन्द्रबहादुर चन्द ९२०४०–२०४२० र २०४६ तथा मरिचमान सिंह श्रेष्ठ ९२०४३–२०४६० सम्म प्रधानमन्त्री हुनुहुन्थ्यो ।  

वि।सं। २०४६ को जनआन्दोलनबाट प्राप्त बहुदलीय व्यवस्थामा कृष्णप्रसाद भट्टराई पहिलो अन्तरिम प्रधानमन्त्री हुनुभयो ।  त्यस्तै गिरिजाप्रसाद कोइराला ९२०४८–२०५१० र ९२०६३–२०६५० सम्म मुलुकको प्रधानमन्त्री हुनुभयो ।  कम्युनिस्ट पार्टीका तर्फबाट मनमोहन अधिकारी वि।सं। २०५१ देखि २०५२­ सम्म प्रधानमन्त्री बन्नुभयो ।  

पहिलो संविधान सभाले मुलुकमा गणतन्त्र घोषणा गरेलगत्तै २०६५ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नुभयो ।  यसैगरी वि।सं। २०६६ देखि २०६७ सम्म माधवकुमार नेपाल, २०६७ देखि २०६८ सम्म झलनाथ खनाल, २०६८ देखि २०६९ सम्म बाबुराम भट्टराई, २०६९ देखि २०७० सम्म तत्कालीन प्रधान न्यायाधीश रेग्मी, २०७० देखि २०७२ सम्म सुशील कोइराला, २०७२ देखि २०७३ सम्म केपी शर्मा ओली र वि।सं। २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म ‘प्रचण्ड’ नेपालको प्रधानमन्त्री हुनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको