Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकको ६५ प्रतिशत हकप्रद सेयर बजारमा आउँदै

बुधबार, २४ जेठ २०७४, १२ : २२ मा प्रकाशित

मेगा बैंकको  ६५ प्रतिशत हकप्रद सेयर बजारमा आउँदै

अर्थ संसार, काठमाडौं– आफ्नो लगानीकर्तालाई मेगा बैंक नेपाल लिमिटेडले ६५ प्रतिशत हकप्रद सेयर दिने भएको छ ।

बैंकले छिट्टै प्रतिसेयर १ सय रुपैयाँ अंकित दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैयाँ बराबरको २ करोड ९७ लाख ८५ हजार ३४ दशमलव ३३ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

बैंकले गत बार्षिक साधारण सभाबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । 

निष्काशन तथा बिक्री प्रवन्धकमा नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड

बैंकले उक्त हकप्रद सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको