Like us!
Follow us!
Connect us!
Watch us!
गृहमन्त्री बन्ने भए जनार्दन शर्मा

यस्ता छन् देउवाका मन्त्री

बुधबार, २४ जेठ २०७४, १२ : ५७ मा प्रकाशित

यस्ता छन् देउवाका मन्त्री

अर्थ संसार, काठमाडौँ - नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्नो पद तथा गोपनियताको सपथ ग्रहणसँगै  सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । 

आज प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहणसँगै मन्त्रिपरिषद् विस्तारको तयारी स्वरुप सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने तयारीलाई पनि विशेष प्राथमिकतका दिइएको छ । 

मन्त्रिमण्डलमा काँग्रेसका तर्फबाट गोपालमान श्रेष्ठलाई उपप्रधानमन्त्री सहितको जिम्मा दिन लागिएको छ । यस्तै ज्ञानेन्द्रबहादुर कार्की पनि मन्त्री बन्दैछन् । नेता श्रेष्ठलाई रक्षा मन्त्री बनाउने तयारी गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भने कार्किलाई पठाउने तयारी गरिएको छ ।

महेश आचार्यलाई अर्थ मन्त्रीमा पद तथा गोपनियताको सपथ ग्रहण गराउने तयारी गरिएको भएपनि हालसम्म अन्तिम निर्णय हुन नसकेको बताइन्छ । 

यस्तै नेकपा (माओवादी केन्द्र) का तर्फबाट उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बन्ने निश्चित भएको छ । माओवादी केन्द्रका नेता मणि थापाका अनुसार गृहमन्त्रीमा जनार्दन शर्मालाई जिम्मा दिने तयारी गरिएको छ । यस्तै प्रभु साह समेत नयाँ बन्ने मन्त्रिमण्डलमा समावेश हुन लागेका छन् । उनले कुन मन्त्रालय पाउँदैछन् भन्ने बारेमा भने हालसम्म कुनै टुंगो लागेको छैन । 

लोडसेडिङ हटाएर चर्चामा रहेका जनार्दन शर्मालाई यस पटक माओवादीले गृहमन्त्री बनाउने तयारी गरेको हो । माओवादीको आज बसेको हेडक्वाटरको बैठकले मन्त्रिमण्डलमा समावेश हुनेको नाम टुंगो लगाएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको