Like us!
Follow us!
Connect us!
Watch us!

देउवा सरकारमा तीन उपप्रधानमन्त्री

बुधबार, २४ जेठ २०७४, १५ : ३० मा प्रकाशित

देउवा सरकारमा तीन उपप्रधानमन्त्री

अर्थ संसार,–काठमाडौँ, प्रधानमनत्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री भएका छन् ।  राष्ट्रपति भण्डारीले आजै तीन उपप्रधानमन्त्रीलाई पनि पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानसहित सङ्घीय मामिला तथा स्थानीय विकास, नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले उपप्रधानसहित परराष्ट्र र काँग्रेस नेता गोपालमान श्रेष्ठले उपप्रधानसहित शिक्षा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

उपप्रधानमन्त्री गच्छदार पटक पटक उपप्रधानमन्त्री भएका नेता हुन् भने , महरा पनि पटक पटक उपप्रधान भएका छन् । यसअघि पनि महरा उपप्रधानमन्त्रीमा नै रहेका थिए । यस्तै काँग्रेसका तर्फबाट उपप्रधानमनत्री भएका श्रेष्ठ पनि यसअघि उपपूधानमनत्री भईसकेका छन् । 

यसैगरी, काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ, माओवादी नेता जनार्दन शर्माले गृह, काँग्रेसका फरमुल्हा मन्सुरले श्रम तथा रोजगार र माओवादीकै प्रभु साहले बिना विभागीय मन्त्रीको कार्यभार सम्हाल्नु हुनेभएको छ ।  नवनियुक्त उपप्रधान तथा मन्त्रीहरुलाई नेपालको संविधान २०७३ अनुसार राष्ट्रपति भण्डारीले गोपनीयताको शपथ गराउनुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको