Like us!
Follow us!
Connect us!
Watch us!

बोर्डको रजतजयन्तीको अवसरमा प्रभात–फेरी

विहीबार, २५ जेठ २०७४, १४ : ३३ मा प्रकाशित

बोर्डको रजतजयन्तीको अवसरमा प्रभात–फेरी

अर्थ संसार, काठमाडौं– नेपाल धितोपत्र बोर्डले २५ वर्ष (रजतजयन्ती) को पावन अवसरमा नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको समन्वयमा आज प्रभात–फेरी कार्यक्रम आयोजना सम्पन्न भएको छ ।  

काठमाण्डौको भद्रकालीदेखि, शहिदगेट, रत्नपार्क हुँदै भृकुटीमण्डप पुगी समापन भएको उक्त कार्यक्रममा धितोपत्र बजार सम्बन्धी विभिन्न सचेतनामूलक प्लेकार्डहरु सहित बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग लि., इक्रा नेपाल लि., धितोपत्र व्यवसायी (धितोपत्र दलाल, मर्चेण्ट बैंकर, निक्षेप सदस्य), लगायतका निकायका पदाधिकारी एंव कर्मचारीहरु समेत गरी करिब सात सय जनाको सहभागिता रहेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको