Like us!
Follow us!
Connect us!
Watch us!

८ अंकले बढेको बजारमा ४८ करोडको कारोबार

विहीबार, २५ जेठ २०७४, १५ : ३४ मा प्रकाशित

८ अंकले बढेको बजारमा ४८ करोडको कारोबार

अर्थ संसार, काठमाडौं– बैंक तथा वित्तिय संस्थाहरुको चर्काे व्याजदर र देशको पछिल्लो अस्थिर राजनीतिक कारण सेयर बजार जोखिमपूर्ण बन्दै गएको छ ।

सरकार गठन भएको दिन (२३) गते नेप्से ३५ अंकले बढेपछि त्यसपछिका दिनहरुमा सेयर बजार निरन्तर घटिरहेको छ । आज पनि नेपाल स्टक एक्चेन्ज ७.९४ अंकले घटेको छ ।

यस दिन सवै उपसमूहरुमा पहिरो गएको छ । जम्मा १ सय ४९ वटा कम्पनीको ८ लाख ४ हजार ९ सय ३९ कित्ता सेयर खरिविक्री हुँदा ४८ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन बैंक ७.४१ अंक, होटल ४०.४६ अंक, विकास बैंक ०.८७ अंक, हाइड्रोपावर ३.५४ अंक, फाइनान्स ७.७२ अंक, इन्स्योरेन्स ३९.८ अंक, उत्पादन १७.६३ अंक र अन्य ६.६५ अंकले घटेको छ ।

घटेको बजारमा आरएसडिसी लद्युवित्त संस्था, वर्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स, एनएमबि माइक्रोफाइनान्स विक्तिय संस्था आदि कम्पनीले आफ्नो आम्दानीको केही प्रतिशत गुमाएका छन्  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको