Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमले पायो फोरजी संचालन अनुमति

आइतबार, ०७ कार्तिक २०७३, १८ : ५१ मा प्रकाशित

नेपाल टेलिकमले पायो फोरजी संचालन अनुमति

अर्थ संसार
काठमाडौं–दुर सञ्चार प्राधिकरणले नेपाल टेलिकमलाइ ‘फोर जी’ सेवा सञ्चालनको अनुमति दिएको छ । बोर्ड बैठकलले टेलिकमलाई सन् २०१७ को जनवरीदेखि व्यावसायिक रुपमा सेवा सञ्चालन गर्न अनुमति प्रदान गरेको प्राधिकरणले जनाएको छ । 
 
प्राधिकरणले टेलिकमसँग सेवा सञ्चालनको लागि व्यावसायिक प्रस्ताव मागेको थियो । टेलिकमको प्रस्ताव स्वीकृत भएकाले अनुमति दिएको प्राधिकरणका अध्यक्ष दिगम्बर झाले जानकारी दिए ।  

अनुमतिपछि टेलिकमले आगामी जनवरी १ देखि  फोर जी सेवा व्यावसायिक रुपमा सञ्चालन गर्न पाउने छ। यसका लागि टेलिकमले आवस्यक उपकरण खरिद गर्न सक्ने छ । 
नेपाल टेलिकमले अहिले पाइरहेको १८ सय मेगाहर्ज ब्याण्डमार्फत १५ मेगाहर्जमा फोरजी सेवा सुरु गर्न पाउने छ। प्रविधि तटस्थ गरेर टेलिकमले अहिले थ्री जी सेवा सञ्चलान गरिरहेको ब्यान्डबाट नै फोर जी सेवा सञ्चालन गर्न पाउने छ। 
 
नेपाल टेलिकमले पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र र दोस्रो चरणमा  पोखरामा फोर जी सेवा सञ्चालनमा ल्याइसक्ने कार्ययोजना प्राधिकरणमा बुझाएको छ। 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको