Like us!
Follow us!
Connect us!
Watch us!

देउवाले दिए कडा निर्देशन : राजधानी छाड्नुस, नेताको चाकरी नगर्नुस

विहीबार, २५ जेठ २०७४, १६ : १३ मा प्रकाशित

देउवाले दिए कडा निर्देशन : राजधानी छाड्नुस, नेताको चाकरी नगर्नुस

अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्तालाई राजधानीमा नबसन र नेतृत्वको चाकरीमा नरमाउन कडा निदेृशन दिउका छन् ।

उनले पार्टी नेतृत्वले सबै नेता तथा कार्यकर्ताको उचित पुरस्कार दिने भन्दै स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी हुन र पार्टीलाई जिताउन कडा निर्देशन दिएका छन् ।


दोस्रो चरणको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद विस्तार गरिने बताउँदै आफ्नो पार्टीका नेता कार्यकर्तालाई काठमाडौंमा भिडभाड नगरी गाउँतिर फर्कन आग्रह गरेका छन् ।

मन्त्री पदका लागि दर्जनौं सांसदहरुले देउवासम्म पुग्न पहुँच प्रयोग गरिरहेको बेला देउवाको कडा निर्देशन आएको हो ।

उनले अब दोस्रो चरणको चुनावपछि मात्र मन्त्रिपरिषद विस्तार हुने भन्दै सांसदहरुलाई काठमाडौंमा भिडभाड नगरी चुनावमा खट्न निर्देशन दिएका छन् ।

पार्टी भित्र प्रतिस्पर्धी देखिएका रामचन्द्र पौडेल समूहलाई समेत अनावश्यक बार्गेनिङ नगर्न देउवाले निर्देशन दिएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्य समितिको बैठकमा सदा भन्दा देउवा कडा रुपमा प्रस्तुत भएका हुन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको