Like us!
Follow us!
Connect us!
Watch us!

संसद्मा चित्रबहादुर केसीले मधेसवादी दलका सांसदलाई सोधे यो के तमासा हो ?

शुक्रबार, २६ जेठ २०७४, १७ : २४ मा प्रकाशित

संसद्मा चित्रबहादुर केसीले मधेसवादी दलका सांसदलाई सोधे यो के तमासा हो ?

अर्थ संसार, काठमाडौँ - व्यवस्थापिका–संसदमा चित्रबहादुर केसी र मधेसवादी दलका नेताहरुबीच चर्को घोचपेच गरेका छन् ।
 
संविधान संशोधन नभई स्थानीय चुनावमा भाग नलिने चेतावनी दिँदै आएका राष्ट्रिय जनता पार्टीका नेताहरुलाई राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले संसद बैठकमै प्रश्न गरे प्रधानमन्त्री चयनमा भोट हाल्ने स्थानीइ तहको निर्वाचनमा चाही भाग नलिने यो तरिका के हो ?
 
केसीले थप जोड दिएर  उनले भने, ‘यो के तमासा हो ?’
 
प्रधानमन्त्री शेरवहादुर देउवालाई बधाई दिने क्रममा राजपा नेताहरुले आफूहरुले संविधान अझै स्वीकार नगरेको भन्दै संशोधनको माग गरेपछि केसीले आपत्ति जनाएका हुन् ।
 
प्रधानमन्त्रीलाई बधाई दिँदै सत्तापक्षका राजपा नेताहरुलाई केसीले सोधे(प्रधानमन्त्रीलाई भोट हाल्नु परेर खुरुरु दौडेर संसदमा आउने, संविधान पनि मान्ने । अनि स्थानीय चुनावमा जनताले भोट हाल्ने बेला संविधान मान्दैनौं भनेर भाँड्न खोज्ने ? यो के तमासा हो ?
 
केसीले तीन जना प्रधानमन्त्रीलाई भोट हाल्नका लागि मधेसी मोर्चालाई संविधान स्वीकार्य भएको तर, जनताले भोट हाल्ने बेला अस्वीकार्य हुनु बिडम्बना भएको बताए ।

केसीलाई जवाफ दिँदै राजपा अध्यक्ष मण्डलका अध्यक्ष महिन्द्र राय यादवले भने आफूहरुले संविधान स्वीकार नगरेको बताए । उनले भने, ‘हामीले संविधान मानेका छैनौं, त्यसैले संशोधनका लागि आन्दोलन गरेका हौं, बिगतको अन्तरिम संविधान अन्तर्गत रहेको ६०१ सदस्यीय संसद रहेकाले प्रधानमन्त्री चुनावमा भाग लिएका हौं ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको