Like us!
Follow us!
Connect us!
Watch us!

चार ठूला फन्डका निस्काशनका लागि बोर्डको स्वीकृति

शनिबार, २७ जेठ २०७४, १६ : २३ मा प्रकाशित

चार ठूला फन्डका निस्काशनका लागि बोर्डको स्वीकृति

अर्थ संसार, काठमाडौँ– नेपाल धितोपत्र बोर्डले चालु आवमा विभिन्न चार कम्पनीका म्याचुअल फन्डलाई स्वीकृति दिएको छ । 

बोर्डकाअनुसार नबिल इक्विटी फन्डको रु एक अर्ब २५ करोड बराबरको १२ करोड ५० लाख कित्ता इक्विटी फन्ड स्वीकृत गरेको छ । सो फन्डको म्यानेजरमा नेबिल इन्भेस्टमेन्ट ब्याङ्किङ लिमिटेड रहेको छ । 

यस्तै एनएमबी हाइब्रिड फन्ड लट नं १ को पनि बोर्डले स्वीकृति दिएको छ । १० करोड कित्ता रु एक अर्बमा बिक्री गर्ने जनाएको छ । सो कार्य एनएमबी क्यापिटल मार्केटले गर्नेछ । 

त्यस्तै एनआइबिएल प्रगति फन्डको ६ करोड कित्ता रु ६० करोड मूल्यमा खरिद बिक्री गर्ने गरी स्वीकृति दिइएको बोर्डले जनाएको छ । प्रगति फन्डको विक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

त्यस्तै लक्ष्मी इक्विटी फन्डको १० करोड कित्ता रु एक अर्बमा खरिद विक्रीका लागि पनि बोर्डले स्वीकृति दिएको छ । सो कार्य लक्ष्मी क्यापिटल मार्केट लिमटिेडले गर्नेछ । 

चार कम्पनीका ३८ करोड ५० लाख कित्ता रु तीन अर्ब ८५ करोडमा खरिद बिक्री हुनेछ । बोर्डले गत वैशाख ३ गते चार वटै फन्डको बिक्रीका लागि स्वीकृति दिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको