अर्थ संसार, काठमाडौँ–रामेछापमा मात्रै एक हजार ८०० मेगावाट क्षमता बराबरको विद्युत् खरिद सम्झौता भएको छ । सरकारले देशभरका विभिन्न आयोजनाबाट तीन हजार मेगावाट विद्युत उत्पादनको लागि पीपीए भइसकेको अवस्थामा रामेछापमा मात्रै सो परिमाणको विद्युत् उत्पादन क्षमताका आयोजनामा पिपिए भएको हो ।
देशलाई नै लोडसेडिङमुक्त बनाउने अभियानलाई सफल पारेर वाह वाही कमाएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेपछाप जलविद्युत् क्षेत्रका लागि अग्रणाी संस्था भएकाले पिपिएको मात्रा पनि बढी रहेको बताए ।
यातायातको सहज पहुँच, निर्माण सामग्री आयातमा थप सहजताका कारण पन रामेछापमा जलविद्युत्मा लगानी गर्न चाहनेहरुको संख्या दिन प्रतिदिन बढीरहेको प्राधिकरणको भनाइ छ ।
रामेछापमा मात्रै विभिन्न खोला र नदीबाट मात्र १ हजार ८ सय मेगावाट विजुलीको लागि पीपीए भएको घिसिङले जानकारी दिए । रामेछाप जिल्लामा खिम्ती २ जलविद्युत आयोजना निर्माणको क्रममा छ भने लिखु खोलामा सबै भन्दा बढी आयोजना सञ्चालनको लागि पिपिए भएको छ ।
घिसिङले कार्यकायलमै तामाकोसी र सुनकोसी लगायतका नदी र सम्भाव्यता बोकेका नदीबाट जलविद्युत आयोजनाको काम अगाडि बढाउन रामेछापवासीले माग गर्दै आएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस