Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि सेन्चुरीले बैंकको एकिकृत कारोबार शुरु

आइतबार, २८ जेठ २०७४, १४ : ०९ मा प्रकाशित

आजदेखि सेन्चुरीले बैंकको एकिकृत कारोबार शुरु

अर्थ संसार, काठमाडौं– आजदेखि  सेन्चुरी कमर्सियल बैंकले एकिकृत कारोबार शुरु गरेको छ । सेन्चुरीले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई मर्ज गरपछि आजदेखि एकिकृत कारोबार थालेको हो । 

बैंकले सेञ्चुरी कमर्सियल बैंकको नामबाट कारोबार सुरु गरेको छ ।  आज कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले एकिकृत कारोबारको शुभारम्भ  गरेका थिए । 

तीन अर्ब ६८ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी भएको सेञ्चुरीको यी दुई बैंक एक्वायर गरेपश्चात बैंकको चुक्तापूँजी चार अर्ब ७१ करोड ३५ लाख पुगेको छ । 

। बैंकलाई एकीकृत कारोबारका लागि राष्ट्र बैंकले जेठ १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले जेठ १८ गते स्वीकृति दिएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको