Like us!
Follow us!
Connect us!
Watch us!

राजपा फकाउँदै प्रमख तीन दल, सिंहदरबारमा निर्णायक छलफल सुरु

बुधबार, ३१ जेठ २०७४, १७ : ५१ मा प्रकाशित

राजपा फकाउँदै प्रमख तीन दल, सिंहदरबारमा निर्णायक छलफल सुरु

अर्थ संसार, काठमाडौँ– राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी गराउने लक्ष्यका साथ प्रमुख तीन राजनीतिक दल र राजपाका शीर्ष नोतबीच सिंहदरबारमा छलफल सुरु भएको छ । 

सभामुख आनसरी घर्तीको कार्यकक्ष सिंहदरबारमा केही बेर अघिबाट सुरु भएको वार्तामा निर्वाचनमा सहभागी हुन र कुनै पनि अवरोधको कार्यक्रम नगर्न प्रमुख तीन दलका शीर्ष नेताले राजपाका शीर्ष नेतालाई आग्रह गर्ने भउका छन् । 

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको प्रक्रिया अगाडि बढीरहेको बेला आम हड्ताल लगायतका कार्यक्रम सार्वजनिक गरेर असहयोग गर्दै आएको राजपालाई सहमतिमा ल्याउन अधित्तम प्रयास गरिने प्रम्ख तीन दलका शीर्ष नेताले प्रारमिभक प्रतिक्रिया दिएका छन् । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा(एमाले)का अध्यष केपी शर्मा ओली र राजपाका शीर्ष नेताको सहभागिता रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको