Like us!
Follow us!
Connect us!
Watch us!

असार १४ पछि भारत जाँदै प्रधानमन्त्री देउवा

बुधबार, ३१ जेठ २०७४, १८ : ३० मा प्रकाशित

असार १४ पछि भारत जाँदै प्रधानमन्त्री देउवा

अर्थ संसार,काठमाडौँ–प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि भारतको औपचारिक भ्रमण गर्ने तयारी गरेको बुझिएको छ ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचन आगामी असार १४ गतेका लागि तोकिएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री देउवाले निर्वाचनपछि भारत भ्रमण गर्ने तयारी भएको बताउका छन् ।

नेपालमा नयाँ प्रधानमन्त्री भएपछि भारत भ्रमण गर्ने प्रचलन रहदै आएको सन्दर्भमा प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लाग्नु भएको हो ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनपछि हुने प्रधानमन्त्री देउवाको भारत भ्रमणको सिलसिलामा आफू पनि भारत आउने प्रयास गर्ने भारतीय राजदूत मञ्जिप सिंह पुरीलाई जानकारी गराउनु भएको हो ।

महरालाई भेटन बुधवार भारतीय राजदूत पुरी सिंहदरवारस्थित परराष्ट्र मन्त्रालय पुग्नु भएको थियो । महराले आगामी दिनमा नेपाल भारत वीचको सम्बन्ध अझ प्रगाढ हुने बिश्वास व्यक्त गर्नु भएको उहाँको नीजि सचिवालयले जनाएको छ ।

राजदूत पुरीले परराष्ट्रमन्त्री महरालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारत भ्रमणको निमन्त्रणा दिएको जानकारी गराउँदै त्यस बिषयमा बिचार गरिदिन आग्रह गरेका थिए ।सो आग्रहको जवाफमा परराष्ट्रमन्त्री महराले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी गर्नुभएको जानकारी दिएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको