Like us!
Follow us!
Connect us!
Watch us!

राजपाले किन भन्यो उपेन्द्र यादवलाई गद्दार

बुधबार, ३१ जेठ २०७४, १९ : ०१ मा प्रकाशित

राजपाले किन भन्यो उपेन्द्र यादवलाई गद्दार

अर्थ संसार, काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ताले संघीय समाजवादी फोरम नेपालका अध्यष उपेन्द्र यादवलाई गद्दारको आरोप लगाउको छ ।

मधेसी जनताको माग र भावना विपरित निर्वाचनमा सहभागी भएको भन्दै राजपाका कार्यकर्ताले यादवलाई गद्दारको आरोप लगाएको हो ।

यस्तै संघीय समाजवादी फोरम नेपाल  महोत्तरी कार्यालयको साइन बोर्डमा कालो मोविल पोत्दै गेटमै राखेको पार्टीको झण्डा उखेलेर जलाइदिएका छन् ।

राजपाको पूर्व घोषित कार्यक्रम अनुसार दोस्रो दिन आज  बन्दको क्रममा जलेश्वरको खैराचोक पुगेका नेता तथा राजपा कार्यकर्ताहरुले ‘उपेन्द्र यादव गद्दार’ भन्दै पार्टीको झण्डा जलाएका हुन्।

यता संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामनरेश राय यादवले राजनीतिक लडाइँ राजनीतिक हिसाबले लडे वेस हुने चेतावनी दिएका छन् ।

‘पार्टीको झण्डा जलाउने र साइन बोर्डमा कालो पोत्नेलाई स्थानीय प्रशासनले प्रश्रय दिएको छ,’ उनले प्रहरी प्रशासनको विरोध गर्दै भने , ‘राजपाले वैचारिक वा फिजिकल लडाइँमध्ये जुन लडाइँ लड्न चाहे पनि हामी तयार छौं । पार्टीको झण्डामा पुगेको क्षतिको हिसाब चुकाउछौं ।’

पार्टी कार्यालयको करिव २५ मिटरको दूरीमा सशस्त्र प्रहरीको चेक पोष्टमा दर्जनौको संख्यामा सुरक्षाकर्मीहरु तैनाथ रहेपनि प्रहरी मुक दर्शक बनिरहेकोमा समेत आफ्नो गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष यादवले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको