Like us!
Follow us!
Connect us!
Watch us!
अपि पावरले बनाउँदैछ २० मेगावाटको सौर्य पावर प्लान्ट

निजी क्षेत्र सौर्य ऊर्जामा आर्कषित, ६१ मेगावाटको पिपिए हुँदै

विहीबार, ०१ असार २०७४, १८ : १४ मा प्रकाशित

निजी क्षेत्र सौर्य ऊर्जामा आर्कषित, ६१ मेगावाटको पिपिए हुँदै

अर्थ संसार,काठमाडौ– सरकारले जलविद्युत् आयोजनामा मात्रै ध्यान दिइएको भन्दै आरोप लागिरहेको बेला पछिल्लो पटक सौर्य ऊर्जा प्रणालीको विकासमा विशेष जोड दिएको छ । पछिल्लो पटक सौर्य प्रणालीको विकासमा सरकारी भन्दा पनि निजी क्षेत्रको बढ्ता जोड र चासो रहेको छ ।

निजी लगानीबाट आगामी आगामी आर्थिक वर्ष ०७४/०७५ मा सौर्य  प्रविधिबाट मात्रै ६१ मेगावाट बिजुली उत्पादन गर्ने तयारी गरिएको हो । सरकारले सोलार प्रविधिबाट बिजुली उत्पादनको प्रक्रिया अघि बढाएको छ ।  नेपाल विद्युत प्राधिकरणले २१ सौर्य ऊर्जा उत्पादकसँग आउँदो साता बिजुली खरिदबिक्री सम्झौता गर्न लागेको छ ।  

सम्झौता भएपछि सोलार प्रविधि जडानका लागि बाटो खुला हुनेछ । सरकारले ऊर्जा संकट कार्ययोजनाअन्र्तगत लोडसेडिङ व्यवस्थापनका लागि सोलार प्रविधिबाट बिजुली उत्पादनको तयारी गरेको हो ।

२१ ऊर्जा कम्पनीसँग आउदो साताभित्र पीपीए हुने विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए ।   सोलारको बिजुलीको आधार दर तय भएकाले सोही आधारमा उनीहरूसँग पीपीए हुने उनले जानकारी दिए । यसअघि विद्युत् प्राधिकरणले प्रतियुनिट ९ रुपैयाँ ६० पैसा खरिद दर निर्धारण गरेपनि प्रतिस्पर्धा गर्दा निजी उत्पादकले ८ रुपैयाँ ४५ पैसासम्म बिजुली बेच्ने प्रस्ताव गरेका छन् ।

सोलार प्रविधि दुहवी, बुटवल, कावासोतीलगायत २१ स्थानमा जडान हुने भएका छन् । सोलाबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिने छ । काम सुरु गरेको ६ महिनामा जडान भइ विद्युत उत्पादन हुने उनको भनाइ छ ।

यस्तै निजी क्षेत्रका तर्फबाट अपि पावरले करिब २० मेगावाट क्षमताको सौर्य प्रणाली जडानका लागि प्रक्रिया अगाडि बढाएको छ । सो कम्पनीले परियोजना अगाडि बढाउनका लागि विभिन्न ठेकेदार कम्पनीसँग आशयपत्र समेत माग गरेको छ ।

सरकारले उज्यालो नेपाल अन्र्तगत आगामी ७ वर्षमा १७ हजार मेगावाट बिजुली उत्पादन गर्ने महत्वकांक्षी लक्ष्य लिएको सन्दर्भमा सौर्य प्रणालीलाई पनि विशेष जोड दिएको जनाएको  छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको