Like us!
Follow us!
Connect us!
Watch us!
तत्काल निर्माण सुरु गर्ने विश्वास

बुढीगण्डकी आयोजना स्थलमा चिनियाँ इन्जिनियर

विहीबार, ०१ असार २०७४, १८ : ४५ मा प्रकाशित

बुढीगण्डकी आयोजना स्थलमा चिनियाँ इन्जिनियर

अर्थ संसार, काठमाडौँ– चिनियाँ पक्षसँग भएको प्रारम्भिक सम्झौता विवादमा परिरहेको र फरक फरक कोणबाट चर्चा परिचर्चा भइरहेको बेला चिनियाँ कम्पनीका प्रतिनिधिले बुढीगण्डकी जलविद्युत् आयोजनाको स्थलगत अध्ययन गरेको छ ।

कुल एक हजार २०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको १० दिन नबित्दै चाइना गेजुवा ग्रुप कम्पनी इन्जिनिरियङ टोलीले आयोजना स्थलको स्थलतगत अध्ययनमा पुगेको हो ।

चिनियाँ कम्पनीका प्रतिनिधिले आयोजना स्थलको अध्ययन गरी तत्काल निर्माण प्रक्रिया अगाडि बढाउने विश्वास दिलाएको छ ।चीनमो २२ हजार ५०० मेगावाटको जलाशाययुक्त आयोजना निर्माण गरेको थ्री गर्जेजका  इन्जिनियरलाई लिएर कम्पनीका नेपाल स्थित कन्ट्री हेड इभान झिसोङ नेतृत्वको टोली गोर्खाको सिउरेनीटार पुगेर स्थलगत अध्ययन गरेको हो ।

आयोजनाका सम्बन्धमा रहेको संशय र बिना प्रतिश्पर्धा चिनिया कम्पनीलाई निर्माण जिम्मा दिइएको विरोधका बीच चिनियाँ पक्षले आयोजना स्थल पुगेर निर्माणको प्रक्रिया अगाडि बढडाउने व्श्विास दिलाएको हो ।

स्थानीयबासीले मुआब्जा कम भएको तर्क गर्दै आयोजनाको व्यवस्थापनसँग गुनासो गर्दै आएका छन् ।
आयोजनाले गोरखा र धादिङका ७० हजार रोपनी जग्गा अधिग्रहण गर्दैछ ।  मुआब्जा वितरणको काम सुरु भएपनि मुआब्जाको मुख्य विवाद रहेको आरुघाट र खहरे बजारको मुआब्जा अझै निर्धारण हुन बाँकी रहेको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको