Like us!
Follow us!
Connect us!
Watch us!

वायु ऊर्जातिर लगानीकर्ता आकर्षित

शनिबार, ०३ असार २०७४, १६ : ३८ मा प्रकाशित

वायु ऊर्जातिर लगानीकर्ता आकर्षित

अर्थ संसार, काठमाडौँ– व्यावसायिक रुपमा वायु ऊर्जा उत्पादनका लागि लगानीकर्ताले चासो देखाउन थालेका छन् ।

जलविद्युत् आयोजना निर्माणका लागि लामो समय लाग्ने र लगानी पनि धेरै हुने भएकाले वायु ऊर्जाका क्षेत्रमा लगानीकर्ता आर्कषित हुन थालेका हुन् । पछिल्ला दिनमा विद्युत् विकास विभागमा विभिन्न चार कम्पनीले वायु ऊर्जा उत्पादनका लागि अभिरुचि देखाएका छन् ।

ऊर्जा मन्त्रालयअन्र्तगत विद्युत् विकास विभागमा पछिल्लो दिनमा मुलुकका विभिन्न चार स्थानमा कुल १० मेगावाट क्षमताको वायु ऊर्जा उत्पादनको सर्वेक्षणका लागि निवेदन दिएका छन् । तीमध्ये मुस्ताङमा मात्रै दुईवटा कम्पनीले सर्वेक्षणको लागि आवेदन दिएका छन् ।

कागबेनी वाइन्ड पावर परियोजनाका लागि मुस्ताङको कागबेनीमा पाँच मेगावाटको वायु ऊर्जा प्रणाली जडान सम्बन्धी अध्ययन एवम् सर्वेक्षणका लागि आवेदन दिएको छ । यस्तै एभरेस्ट वाइन्ड इनर्जीले कागबेनीमा नै एक मेगावाटको वायु ऊर्जा प्रणाली जडानका लागि सर्वेक्षण गर्ने अनुमतिका लागि आवेदन दिएको छ ।

त्यस्तै नवलपरासीको रत्नपुरमा तीन मेगावाट क्षमताको परियोजना अगाडि बढाउने लक्ष्यका साथ वायु ऊर्जा प्रालिले आवेदन दिएको विभागका वरिष्ठ डिभिजनल इन्जिनियर ९सिडिइ० बाबुराम अधिकारीले जानकारी दिनुभयो ।

गत जेठ १८ गते बसेको लगानी बोर्डको बैठकले समेत मुलुकभरको वायु प्रवाहको अवस्था एवम् हावाबाट बिजुली निकाल्ने सन्दर्भमा डेनमार्कको एक कम्पनीलाई अध्ययन गर्ने स्वीकृति दिएको थियो । डेनमार्कको कम्पनीले उसकै खर्चमा एक वर्षभित्र सम्भाव्यता अध्ययन गर्न गरेको मागका आधारमा बोर्डले स्वीकृति दिएको प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले मुलुकका विभिन्न दशस्थानमा वायु ऊर्जाका लागि उपयुक्त स्थानको रुपमा घोषणा गरेको छ । केन्द्रले ओखलढुङ्गा, नगरकोट, रुपन्देही, कागबेनी, थिनी मुस्ताङ, बतासेडाँडा पाल्पा, रामेछाप, फाखेल मकवानपुर, नेटा प्यूठानमा गरेको अध्ययन तथा वायुको अवस्थाका बारेमा लगानीकर्तालाई जानकारी गराएको छ ।

पछिल्लो पटक जुम्लामा ५०० किलोवाट क्षमताको वायु ऊर्जा प्रणालीको जडान कार्य सुरु भइसकेको जुम्लाका पूर्व सभासद् एवम् नेकपा९माओवादी केन्द्र०का नेता नरेश भण्डारीले बताउनुभयो ।

नवलपरासीको धौवाडी र मकवानपुरमा यसअघि नै वायु ऊर्जा प्रणाली जडान भएर सञ्चालनमा आइसकेको छ । प्रविधिमा आएको विकास एवम् विस्तारका कारण पछिल्लो दिनमा वायु ऊर्जाको क्षेत्रमा लगानीकर्ता क्रमशः आर्कषित हुन थालेको एभरेस्ट वाइन्ड इनर्जीका प्रमुख डिल्लीराज पोखरेल बताउनुहुन्छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको