अर्थ संसार, काठमाडौं – हिमालयन पावर कम्पनीले निष्कासन गरेको साधारण सेयरमा १८ गुणा बढी आवेदन परेको छ ।
आइपिओ भर्ने समय आजसम्मका लागि तोकिएको थियो ।हिमालयन पावरले रु २१ करोड ३० लाखको आवेदन माग गरेकोमा रु ३ अर्ब ८० करोड आवेदन परेको निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
धितोपत्र बोर्डले गरेका नयाँ व्यवस्था अनुसार आवेदन भर्नेले न्यूनतम १० कित्ता सेयर दिनुपर्छ ।ग्लोबल आइएमई क्यापिटलका अनुसारका आस्वा मार्फत ४३ हजार ८ सय आवेदन मार्फत रु २ अर्ब ९५ करोड र पुरानो शैलीमा १९ हजार ९ सय आवेदन मार्फत रु ८५ करोड १५ लाखे आवेदन परेको छ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस