Like us!
Follow us!
Connect us!
Watch us!
त्रिशुली थ्री बीमा दुई चिनियाँ कम्पनीको बोलपत्र प्रस्ताव

प्राधिकरण र टेलिकमले संयुक्तरुपमा बनाउँदै जलविद्युत् आयोजना

बुधबार, ०७ असार २०७४, १८ : ३४ मा प्रकाशित

प्राधिकरण र टेलिकमले संयुक्तरुपमा बनाउँदै जलविद्युत् आयोजना

अर्थ संसार, काठमाडौँ– माथिल्लो त्रिशुली थ्री ए को टेल वाटरलाई प्रयोग गरेर अगाडि बढाउन लागिएको ३७ मेगावाट क्षमताको माथिल्लो ३ बी जलविद्युत आयोजना निर्माणका लागि दुईवटा चिनियाँ कम्पनीले बोलपत्र पेश गरेका छन् ।

सो  आयोजना निर्माण गर्नका लागि सिनो हाइड्रो कर्पोरेशन र सिचुवान आन हे कर्पोरेशनले बोलपत्र पेश गरेको आयोजनाले जनाएको छ । प्रस्तावमा सिचुवानले सिनोको भन्दा कम दर रहेको छ ।

कम्पनीले बोलपत्रको मूल्यांकन गरिरहेको छ ।  मूल्यांकन सकिएपछि ठेक्का सम्झौता हुने छ ।नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको संयुक्त लगानीमा आयोजना निर्माण हुन लागेको हो । विस्तृत डिजाइन, निर्माण (इपीसी) प्रारुपमा निर्माण हुन लागेको हो । पूर्वयोग्यतामा ७ कम्पनी छनौट भएपनि अन्तिममा आएर २ वटा चिनियाँले मात्र भाग लिएका छन् ।  

ठेक्कापट्टाको काम सकेर आउँदो मंसिरदेखि आयोजना निर्माणको काम सुरु हुनेछ । काम सुरु गरेर ३ वर्षभित्र  सम्पन्न गर्ने लक्ष्य छ ।

आयोजनामा विद्युत प्राधिकरणको ३०, नेपाल टेलिकमको ३०, आयोजना प्रभावित रसुवा र नुवाकोट जिल्ला विकास समिति र गाउँ विकास समितिले ५, रसुवा र नुवाकोटका संस्थाले ५, आयोजना प्रभावितले १०, सर्वसाधारणलाई १५ र प्राधिकरण र टेलिकमका कर्मचारीलाई ५ प्रतिशत सेयर दिने प्रताव गरिएको छ ।

प्राधिकरणसँग पनि विद्युत खरिदबिक्रि सम्झौता अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्रतिफल २२ प्रतिशत छ । आयोजनाबाट वार्षिक ३० करोड युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको सम्भाव्यता अध्ययनले देखाएको छ ।

विद्युत प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए आयोजनाबाट प्रवाह हुने पानी सिधै सुरुङमा हालेर ३.७ किलोमिटर लामो सुरुङबाट नुवाकोटको वेत्रावती नजिक सिरुवापानीस्थित विद्युतगृहमा खसालिने छ ।

आयोजनामा सानो मुहान बाहेक अन्य बाँधको संरचना आवश्यक पर्दैन । यस्तै आयोजनाका लागि सडक निर्माण भइसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको